ओखलढुंगा स्थित आयुर्वेद स्वास्थ्य केन्द्रमा विरामीको आकर्षण बढ्दो

सिर्जना बर्देवा/
ओखलढुंगा मंसिर ५-

ओखलढुंगा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा विगत केही वर्ष देखि उपचारका लागि आउने विरामीको संख्यामा वृद्धी भएको पाईएको छ । आयुर्वेद औषधी प्रती विरामीको आकर्षण बढेसंगै उपचारका लागि आउने विरामीको संख्यामा वृद्धी भएको हो ।

ग्याष्ट्रिक ,बाथ लगायत खानपिनको अनियमितता र मौसम परिवर्तनका कारण लाग्ने रोगका बिरामीहरु धेरै मात्रामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा उपचारका लागि जाने गरेको तथ्यांक छ । कार्यलयको तथ्यांक अनुसार आर्थिक बर्ष ०७१÷०७२ मा आयुर्वेद केन्द्रमा ३ हजार ५९ जना बिरामीले उपचार सेवा लिएका थिए ।

त्यसै गरिआर्थिक वर्ष ०७२÷०७३ मा उक्त संख्यामा वृद्धी भएर ३ हजार १ सय ८६ जनाले उपचार सेवा लिएको र यो वर्षको पलिो चौमासिकमा पनि उल्लेख्य रुपमा बिरामीहरु आयुर्वेद स्वास्थ्य केन्द्रमाउपचार गर्नका लागी आएको आयुर्वेद स्वास्थ्य केन्द ओखलढुंगाले जनाएको छ ।

केन्द्रका अनुसार आयुर्वेद स्वास्थ्य केन्द्रमा ग्याँष्ट्रिक र बाथका बिरामीहरु बढि मात्रामा आउने गरेका छन् । यसै गरि दम, खोकी, जण्डिस, महिलासम्बन्धी रोगहरु जस्ता विभिन्न समस्या भएका बिरामीहरु पनी उपचारका लागि आउने गरेका छन् ।

उपचारमा प्राकृतिक जरिबुटिको औषधी प्रयोग गरिने भएकाले आयुर्वेदिक औषधी सर्बशुलभ, निशुल्क पाइनुका साथै औषधीको साईड ईफेक्ट कम हुने भएका कारण पछिल्लो समयमा आयुर्वेद औषधी प्रयोग कर्ताको संख्यमा उल्लेख्य वृद्धी भएको पाईन्छ ।