एनआरएनए चुनाव : क्यूस्यूमा मनोनयन दर्ता शुल्क परिमार्जीत गरि निर्वाचन गर्न ध्यानाकर्षण

फुकुओका,जापान,असार,२६-

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको क्यूस्यू क्षेत्रीय समितीको निर्वाचन आगामी साउन ५ गते अर्थात यहि जुलाई २१ तारिखका दिन हुदैंछ ।उक्त निर्वाचनको लागि निर्वाचन आचारसंहिता सहित मनोनयन दर्ता खुल्ला गरिएको छ ।

निर्वाचनका लागि क्यूस्यू कार्यसमिती तथा निर्वाचन कार्यसमितीले दर्ता गरेको मनोनयन शुल्क क्यूस्यूबासीले अपेक्षा गरेको भन्दा बढी भएको ठहर गर्दै गैर आवासिय नेपाली संघले पुन:र्विचार गर्न ध्यानाकर्षण गराएको छ ।

आज (बिहीबार) एक प्रेस विज्ञप्ती जारी गर्दै निर्वाचन कार्यसमितीलाई ध्यानाकर्षण पत्र पठाएको गैर आवासिय नेपाली संघ जापानका सदस्य सन्तमान शााक्यले बिहानी अनलाईन डटकमलाई जानकारी दिनुभयो ।

शाक्यका अनुसार गैर आवासीय नेपाली संगठन (एनआरएनए) नेपालीहरुको साझा संस्था भएकोले यसले सम्पुर्ण नेपालीहरुको समान पहुँच र समान प्रतिनिधित्व गर्नुपर्ने बताउनुभयो । उहाँका अनुसार निर्वाचनका लागि क्यूस्यू कार्यसमिती तथा निर्वाचन कार्यसमितीले दर्ता गरेको मनोनयन शुल्क क्यूस्यूबासीले अपेक्षा गरेको भन्दा बढी भएकोले आपत्ती जनाएका छौं ।

उहाँले “भन्नुभयो” किनकि यसले (एनआरएनए) प्रती वितृष्णा सिर्जना गर्दछ, र (एनआरएनए) मा सहभागी हुन चाहाने व्यक्तीहरु पनी मनोनयन दर्ता शुल्क कै कारण पछि हट्ने सिर्जना भएकोले उक्त मनोनयन दर्ता शुल्क पुन: र्विचार गरि परिमार्जीत गर्न ध्यानाकर्षण पत्र पठाएको प्रष्ट पार्नुभयो ।

ध्यानाकर्षण पत्रमा निर्वाचनको मनोनयन दर्ता शुल्क निर्धारण गर्ने अधीकार क्यूस्यू कार्यसमिती तथा निर्वाचन कार्यसमितीलाई भएपनी यो वैज्ञानीक नभएको पत्रमा भनिएको छ ।यसरी जापान मै विभिन्न क्षेत्र अनुसार मनोनयन दर्ता शुल्क फरक फरक भएको हुनाले नेपालीहरुको अपेक्षा र भावना विपरित भएकोले मनोनयन दर्ता शुल्क लाई परिमार्जित गरि निर्वाचन गर्न आग्रह गरिएको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।

आगामी दिनमा हुने निर्वाचनको पदको उम्मेदवारी शुल्क यस्तो रहेको छ । 

१. पद : संयोजक १ जना, मनोनयन दर्ता शुल्क : १ लाख येन !
२. पद : उप संयोजक २ जना, मनोनयन दर्ता शुल्क : ८० हजार येन !
३. पद:महिला उपसंयोजक १जना,मनोनयन दर्ता शुल्क:८०हजार येन
४. पद : सचिव १ जना , मनोनयन दर्ता शुल्क : ७० हजार येन !
५. पद : उप सचिव १ जना ,मनोनयन दर्ता शुल्क: ६० हजार येन !
६. पद : कोषाध्यक्ष १ जना मनोनयन दर्ता शुल्क : ५० हजार येन !
७. पद : सह कोषाध्यक्ष १जना,मनोनयन दर्ता शुल्क : ४०हजार येन !
८. पद : सदस्य ५ जना, मनोनयन दर्ता शुल्क : २० हजार येन !
९. पद : महिला सदस्य १ जना, मनोनयन दर्ता शुल्क : २०हजार येन !

प्रेस विज्ञप्ती