हङकङलाई पराजीत गर्दै नेपाल यू–१९ एसिया कपमा

२८ अगष्टदेखि श्रीलंकामा हुने एसिया कपमा नेपाल सहभागी हुने

काठमाण्डौं,असार,२४-

नेपालसंग हङकङ ६ विकेटले पराजीत भएको छ ।मलेसियाको क्वालालम्पुरस्थित किनरारा ओभल मैदानमा आज मंगलबार सम्पन्न भएको फाईनल खेलमा नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको हो । यो जित संगै नेपालले अब यू–१९ एसिया कप खेल्ने भएको छ ।

नेपाल सामु हङकङ दिएको ९६ रनको लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउदै सहजै  भेट्टाएको हो । सुरुवाती चरणमा राम्रो खेलेको नेपालले ५ ओभरमा ४४ रन बनाएको थियो । नेपालले ५२ रन बनाउँदा ऋत गौतम आउट भएका थिए । गौतम १३ रनमा आउट भएका हुन् । 

३९ रनमा आउट हुनुअघि पवन शरार्फले खडकबहादुर बोहोरासँग २४ रनको साझेदारी गरे । बोहराले ८ रन बनाए । कप्तान रोहितकुमार पौडेल १२ रन जोड्न सफल भए ।

उसलाई सस्तैमा समेट्ने क्रममा सागर ढकालले घातक बलिङ गरे । १० ओभर बलिङ गरेका उनले ५ मेडिन राख्दै १८ रन दिदै नेपाललाई सस्तैमा समेट्न सागर ढकालले ५ विकेट र कमल सिंह ऐरीले ३ विकेट लिएका थिए ।

यसैगरी टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाएर मात्र ९५ रन बनाउन सक्यो । उसका आदित गोरवाराले २४ र काल्हन मार्कले १९ रन बनाउँदा अन्य ब्याट्सम्यान चल्न नसक्दा हङकङ नेपाल संग पराजीत हुन पुगेको हो ।

यस्तै : अब एसिया कपको संस्करण २८ अगष्टदेखि श्रीलंकामा हुनेछ । उक्त प्रतीयोगितामा नेपालले आयोजक श्रीलंकासँगै अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, यूएई, कुवेतसँगै रहेर खेल्नेछ ।