‘साग’का लागी १६ हजार सुरक्षा खटिने

काठमाण्डौं,मंसिर,९-

यहि मंसिर १५ देखि २५ गतेसम्म आयोजना हुने दक्षिण एसियाली खेलकुद सागमा गृह मन्त्रालयले सुरक्षाका लागि १६ हजार सुरक्षाकर्मी परिचालन गर्ने गरी सुरक्षा योजना तय गरेको छ ।

विमानस्थलदेखि होटल र होटलदेखि खेल आयोजना स्थलसम्म खेलाडी, पदाधिकारी, दर्शक र अन्य पाहुनाको सुरक्षा व्यवस्थासहित कार्ययोजना तय गरिएको गृहले जनाएको छ । सागमा पनि गृह मन्त्रालयले सेनासहितको सुरक्षा व्यवस्था हुने जनाएको छ ।

नेपाल सहित सागमा ८ राष्ट्रबाट खेलाडी, प्रशिक्षक, पदाधिकारी सहित करिब ६ हजारको सहभागिता हुने जनाइएको छ ।काठमाडौंमा १२, ललितपुर र कास्कीमा ९/९ र धनुषामा कुस्ती गरी ३१ खेल सञ्चालन हुने युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ ।