मेयर कप टि-२० अन्तर विद्यालय क्रीकेट प्रतियोगिताको उपाधी एबिसिलाई

नेपालगन्ज,फाल्गुन,९-
नेपालगन्जमा जारी मेयर कप टी–२० अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको उपाधी एबिसिले हात पारेको छ ।

बुधबार सम्पन्न उक्त प्रतियोगितामा होलिल्याण्ड मावी र एबिसिको प्रतिस्पर्धा रहेको थियो। प्रतिस्पर्धामा होलिल्याण्ड माविलाई ७ विकेटले पाखा लगाउदैं एविसिले उपाधी हात पार्न सफल भएको हो।

एबिसी विजयी हुँदा होलिल्याण्ड मावी एविसिलाई ५१ हजार र रनर अफलाई २५ हजार पुरस्कार प्रदान गरिएको खेल संयोजक मेराज अन्सारीले जानकारी दिनुभयो ।