काँग्रेसद्वारा एक ढिक्का भएर मतदान गर्न कार्यकर्ताहरुलाई आग्रह

कौशिलानगरबाटै जनतालाई जग्गाको मालिक बनाउछु :भट्टराई

बाँके,असार, ५-

नेपालगन्ज उपमहानगरपालिकाका २३ वटै वडाका काँग्रेसतर्फका अध्यक्ष उम्मेदवारहरुले असार १४ गते हुने स्थानीय तह निर्वाचनमा एक ढिक्का भएर काँग्रेसको पक्षमा मतदान गर्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन ।

पार्टीभित्र असन्तुष्टि भएपनि यो चुनाव प्रतिष्ठाको लडाई भएकाले काँग्रेसलाई जिताउनुको विकल्प नभएको वताए । काँग्रेस नेतृत्वमै संबिधान जारी भएकाले यसको कार्यान्वयनको जस अरुलाई दिन नसकिने भन्दै वडा अध्यक्षहरुले त्यसका लागि स्थानीय तहमा काँग्रेसले जित्नै पर्ने वताए ।

उनीहरुले काँग्रेसको जिल्ला नेतृत्वले पनि नेता तथा कार्यकर्तामा देखिएको असन्तुष्टि मेटाउन जरुरी रहेको वताए । केही समस्या नेतृत्वमा देखिएको छ उनीहरुले भने–‘अहिले असन्तुष्टि देखाउने बेला होइन तर नेतृत्वले त्यसलाई पनि मध्यनजर गरेर चुनावी अभियानलाई सशक्त पार्नुपर्छ ।’

काँग्रेस सभापति किरण कोइराला, उपसभापति सुदिप नरसिंह राणा, सचिव तप्त पौडेल, नगरसभापति प्रशान्त विष्ट, मेयरका उम्मेदवार डाक्टर सुरेशकुमार कनौडिया, उपमेयर उम्मेदवार उमा थामामगरसमेत सहभागी भएको कार्यक्रममा वडाका अध्यक्षहरुले चुनावी रणनीतिबारे जानकारी गराएका थिए ।

कार्यक्रमलाई सम्वोधन गर्दै मेयरका उम्मेदवार डाक्टर कनौडियाले नगर काँग्रेसमय भइसकेको भन्दै आफ्ना चुनावी प्रचारलाई थप तीब्रता दिन आग्रह गर्नुभयो ।

नेपाली काँग्रेस बाँकेले उम्मेदवारी दर्ता प्रश्चात आफ्ना चुनावी प्रचारप्रसारलाइ तिब्रता दिइरहेको छ । ८ ओटा स्थानिय तहहरु सबैमा चुनावी प्रचार प्रसार , घरदैलो र भेटघाट भएको नेपाली काँग्रेस बाँकेले जनाएको छ ।

आफूले तलब भत्ता नलिइ सामाजिक कार्यमा लगाउने पहिलो उद्घोष गरी चर्चित हुनुभएका नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार डा.सुरेश कुमार कानोडिया र उपमेयर उमा थापागर सहितको समुहले नगरका विभिन्न वडामा घरदैलो गरेका छन् ।

विहान वडाध्यक्षहरुसंग चुनावी प्रचारप्रसारका विषयमा गहन छलफल गरेका उनीहरुले नगरको वडा नम्बर १७ मा घरदैलो र चुनावी सभा सम्पन्न गरेका छन् । वडा नम्बर १७ को परस्पुर ,ढोडेगाउँ ,नवाजिगाउँमा घरदैलो र चुनाव सभा सम्पन्न गरेका छन् ।
उता
कोहलपुर नगरपालिकाको नेपाली काँग्रेसबाट मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराईले मेयरमा निर्वाचित भएको ६ महिना भित्र कानून निर्माण गरी कोहलपुर १ कौशिलानगरबाटै जनतालाई जग्गाको मालिक बनाउने लक्ष्य रहेको बताउनुभएको छ ।

स्थानिय तहको निर्वाचनलाई लक्षित गरी घरदैलो अभियान अन्तर्गत आज कोहलपुर १ कौशिलानगर क लाईनमा पुगेर मेयरमा निर्वाचित भएको खण्डमा संधै समस्याको रुपमा रहेको लालपुर्जा वितरण कार्य कौशिलानगरबाटै सुरु गर्ने बताउनुभएको छ ।

जनतालाई संधै झुटको खेती गरेको भन्दै एक पटक नेपाली काग्रेसलाई जिताएर जनताको सेवा गर्न अवसर दिन अनुरोध गर्नुभएको थियो । कोहलपुर नगरपालिकाका नेपाली काँग्रेसबाट मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराई र उपमेयर सन्जुकुमारी थारुले घरदैलोलाई प्राथमिकता दिनुभएको छ ।

घरदैलो अभियान अन्तर्गत आजै कोहलपुर वडा नम्बर २ बनखेत र वडा नम्बर १० को चटारमा घरदैलो अभियान सम्पन्न भएको छ । घरदैलो अभियानका क्रममा नेपली काँग्रेसबाट कोहलपुर नगरको मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराईले जनताको सेवा गर्ने अवसर दिन मतदाताहरुसँग अनुरोध गर्नुभएको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर २ को अव्यवस्थित बसोबासको व्यवस्थापन गर्ने र मेयरमा विजय भएपछि जनताकै सेवा गर्न प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

साथै उपमेयर पदकी उम्मेद्वार सन्जु कुमारी थारुले नेपाली काँग्रेसले जनताको भावनाअनुसार काम गर्ने भएकाले यस पटकको निर्वाचनकमा जनताको जिताका लागि रुखमा मतदान गर्न मतदाताहरुसँग अनुरोध गर्नुभएको थियो ।

साथै उहाँले थारुकी छोरी स्थानिय सरकारको नेतृत्व तहमा पुग्न लागिरहेको अवस्थामा थारु सामूदायको विशेष जिम्मेवारी भएको बताउनुभयो ।

घरदैलो कार्यक्रममा नेपाली काँग्रेस कोहलपुर नगरसभापति बलाराम शर्मा, नारायण सिग्देल, राजेन्द्र श्रेष्ठ लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । यस्तै काँग्रेसका ६ ओटै गाउँपालिकामा पनि घरदैलो कार्यक्रमलाइ तिब्र पारिएका काँग्रेस बाँकेले जनाएको छ ।
यसैबिच
नेपालगन्ज उपमहानगरपालिका–१२ का काँग्रेसतर्फका अध्यक्ष उम्मेदवार बुद्धिसागर सुवेदीलाई आज मातृ शोक परेको छ । सुवेदीका ८६ वर्षीया आमा गंगादेवी सुवेदीको कोरियनपुरस्थित आफ्नै निवासमा आज विहान निधन भएको हो । सुवेदीका ४ छोरा र ५ छोरी छन । सुवेदीलाई आजै राप्तिस्थित सिधनियाघाटमा अन्त्यष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।