सुदूर पश्चिम सेवा समाज मलेसीयाको चौथो अधिवेशन सम्पन्न

दिनेश खड्का (खप्तडी),

मलेसिया,असार,६-

अनेकतामा एकता, जैविक विविधतामा समुन्नता।सुन्दर सुदूर पश्चिम हाम्रो प्रतिबद्धता”भने मुल नाराको साथ सुदूर पश्चिम सेवा समाज मलेसीयाको चौथो ऐतिहासिक अधिवेशन आईतबार क्वाललाम्पुरको होटल ग्राण्ड कन्टिनेटलमा ‌नयाँ नेतृत्व चयन गर्दै भब्यतापूर्वक सम्पन्न भएको छ ।

समाजका अध्यक्ष प्रकाश देव भट्टको सभापतित्वमा सम्पन्न भएको अधिवेशनका प्रमुख अतिथि नेपाली राजदुतावास मलेसीयाका राजदुत महामहिम डा. निरन्जनमान सिंह बस्न्यात रहनु भएको थियो भने बिशिष्ट अतिथि अन्तराष्ट्रिय नेपाली सुदूर पश्चिमेली समाजका केन्द्रिय सदस्य एवं विधान समितिका सदस्य ज्ञानेन्द्र बहादुर सिंह रहनु भएको थियो ।

अधिबेशनको बिधिरुपबाट पानसमा बत्ति बालेर प्रमुख अतिथि महामहिम बस्न्यात द्घारा उद्घाटनका गरिएको थियो । अधिबेशनमा बिभिन्न संघ संस्थाका प्रतिनिधि, राजनैतिक दल, पत्रकार लगायत सयौँ नेपाली हरुको उपस्थिति रहेको थियो‌।

राजदूत महामहिम डा. निरन्जनमान सिंह बस्न्यातले प्रमुख अतिथि को आसनबाट बोल्दै सुदूर पश्चिम सेवा समाजले गरेको सामाजिक कार्यहरुको प्रशंसा गर्दै आफ्ना भाषा , धर्म , संस्कृतिको​ संरक्षणका लागि सदैव एकजुट हुन प्रोत्साहन गर्नु भयो ।

सुदूर पश्चिम नेपालमा रहेको पर्यटकीय क्षेत्र खप्तड, रामारोशन, मालीका, लगायत अन्य पर्यटकीय क्षेत्रहरुले गर्दा सुदूर पश्चिम वास्तवमै सुन्दर रहेको बताउनु भयो । सुदूर पश्चिमा रहेको पर्यटकीय क्षेत्रहरुलाई अन्तराष्ट्रिय पर्यटकिय क्षेत्रको रुपमा पहिचान गराउन सके हाम्रो देश नेपाललाई पर्यटन व्यावसायमा अझै अगाडि बढाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

त्यसैगरि सुदूर पश्चिम सेवा समाजका पूर्व अध्यक्ष एवं समाजका सल्लाहकार टेक बहादुर बुढाले सुदूर पश्चिम सेवा समाज स्थापना गर्दा संघर्ष तथा संस्थाले हाल सम्म गरेका सांगठनिक गतिविधिहरु प्रस्तुत गर्नु भएको थियो भने समाजका कोषाध्यक्ष गोकर्ण भट्टले संस्थाले हाल सम्म गरेका सहयोग एवं राहतको बारेमा जानकारी दिनुभयो ।

सुदूर पश्चिमको भाषा, धर्म, संस्कृतिलाई संरक्षण एवं सम्बर्द्धन गर्नको निम्ति अधिबेसन को अवसरमा सास्कृतीक कार्यक्रम पनि आयोजना गरेको थियो उक्त कार्यक्रममा राष्ट्रिय लोक सम्राट नन्द कृष्ण जोशीले पश्चिमका देउडा गित तथा ठाडि भाका सहित एक दर्जन गित प्रस्तुत गरि उपस्थित दर्शकहरुलाई गाउको याद दिलाउनु भएको थियो ।

त्यसै गरि छोटो समयमा निकै चर्चा बटुन सफल लोक गायक टंक तिमिल्सिनाले पछिल्ला आफ्ना गितहरु प्रस्तुत गरि उपस्थित दर्शकहरुलाई नचाएका थिए। त्यस्तै स्थानिय कलाकारहरु अशोक बिसि,मिन चुनारा, तुलाराम धामि,अनु लामा, गोकर्ण देव भट्ट,कैलास बोहोरा, डम्बर बिसि,गिता थापा, लक्ष्मी भट्ट,राज बिसि,अस्मिता शर्मा,हरि सिहं, गोपाल रिजाल,भिम दाहाल,ज्ञानु खड्का लगायत कलाकार हरुले कार्यक्रम अबधिभर मनोरञ्जन दिलाएका थिए।

कार्यक्रमलाई सफल पार्न लाइट नेपाल डटकम र सिधा दृष्टिले अफिसियल मिडियाको सहयोग सहित अधिवेशनको बन्द शत्र अवधिमाभर प्रत्यक्ष लाईभ प्रसारण गरेको थियो भने मिडियाका रुपमा उद्धार न्यूज अनलाईन, कान्तीपुर अनलाईन लगायत रहेका थिए।

समाज मलेसीयाको चौथो अधिवेशन कै अवसरमा नेपाल र मलेसीयामा​ द्विदेशीय कुटनैकिट सम्बन्धलाई प्रगाढ बनाउदै मलेसीयामा रहेका आप्रवासी नेपाली र श्रमिकहरुको हक, हित र सुरक्षाका लागि अतुलनीय कदम चालेको र पीडितहरुको उद्दारको लागि नेपाली राजदूतावास मलेसीयाका राजदुत महामहिम डा. निरन्जनमान सिंह बस्न्यात लाई समाजले कदर पत्र सहित सम्मान गरिएको थियो ।

त्यसै गरि अधिबेसनले दुई बर्ष कार्यकालको लागि देब पाण्डेको अध्यक्षतामा १९ सदस्य केन्द्रिय कार्यसमिति सर्वसम्मत चयन गरेको छ। जस्मा उपाध्यक्षहरुमा दिनेश खड्का’खप्तडी’, गोपाल बोहरा, कटक थापा, डम्बर ओखडा, चक्र बहादुर बम, सचिवमा गणेश अधिकारी, सह-सचिबमा टेक बहादुर साउद, कोषाध्यक्षमा गोकर्ण देव भट्ट, सह-कोषाअध्यमा प्रज्वल बुढा सदस्य-हरुमा क्रमशः किसोर कुवँर, तुलाराम धामि,अशोक बिसि, पबित्रा ऐरी,डब्ल बोहरा,जनक बम, नृप साउद, ज्ञानु खड्का, अम्बर कार्की,हरि सिहं बिष्ट, डम्बर बिसि, डम्बर रोकाया,प्रेम कुवँर,हिराबहादुर खड्का,ज्ञान बहादुर रहेका छन।

पुर्व अध्यक्ष प्रकाश देब भट्टलाई संरक्षणमा चयन गरेको छ भने सल्लाहकार हरुमा टेकबहादुर धित्त, टेकबहादुर बुढा,देबराज निरौला,लाई सर्वसम्मत चयिन गरेको छ ।प्रेस बिभाग प्रमुख जिम्मेवारी गोविन्द घर्ती मगरलाई दिएको छ । मगरले समाजलाई निकै ठुलो योगदान दिएका छन। नव निर्वाचित कार्य समितिका पदाधिकारीहरुलाई विशेष अतिथि एव अन्तराष्ट्रिय नेपाली सुदूर पश्चिमेली समाजका केन्द्रिय सदस्य ज्ञानेन्द्र सिंहले सपथ ग्रहण गराउदै सफल कार्यकालको लागि शुभकामना दिनु भएको थियो ।

अन्तमा कार्यक्रममा समापन गर्दै सभापति प्रकाश देब भट्टले हामीले संस्थामा कसरी बस्ने कसरी कार्य गर्दा संस्था तिब्र गतिमा दोडिन सक्छ भने तर्फ ध्यान दिन आग्रह गर्दै अब कार्य समितिले विगत भन्दा अझै पृथक तरिका ले सस्था लाई अगाडी बढाउन विभिन्न राष्ट्रिय सास्कृतीक कार्यक्रम जनचेतना मुलक क्रियाकलाप तथा मलेसिया सरकारको अधिनमा रहेर बिभिन्न सामाजिक गतिविधिमा हरु सँचालन गरि सुदुरपश्चिम सेवा समाज मलेसिया लाइ नमुना को रुपमा चिनाउन बिभिन्न कार्यको सम्पादन गर्दै उच्च स्थानमा पुर्याउनु हुनेछ भनेमा विश्वास ब्यक्त गर्दै आफ्नो कार्यकालबाट सुरुवात गरिएको गौरा पर्ब लाई निरन्तरता दिन सबै लाई आहान गर्नु भएको थियो ।

आफुले यस संस्थालाई आर्थिक नैतिक तथा भौतिक सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो साथै यो अधि सम्म सफल रुपमा अवतरण गराउन हुने सबैलाई धन्यवाद ब्यक्त गर्नु भयो ।सचिव परिदत्त अवस्थी र गणेश अधिकारले सहजिकरण गर्नु भएको अधिवेशनको स्वागत कोषाध्यक्ष गोकर्ण देव भट्ट गर्नु भएको थियो