मृगौला रोग सम्वन्धी वृहत् अन्तरक्रिया नेपालगन्जमा सम्पन्न

नेपालगन्ज,फागुन,११-

बाँकेको नेपालगन्जमा मृगौला कसरी बचाउने, कस्ताकस्ता खानेकुराहरु खाने, कसरी मृगौला रोग लागेको छ भनेर पत्ता लगाउने लगाएत विविध विषयमा आज सेमिनार तथा वृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपालगन्जको होटल सिद्धार्थ हस्पिटालिटी एण्ड पार्टी प्यालेसको हलमा बिहान १० बजे देखि ११:४५ बजे सम्म छलफल तथा अन्तरक्रिया कार्यक्रम गरिएको हो । काठमाण्डौं बाट नेशनल किड्नी सेन्टरका निर्देशक बरिस्ठ मृगौला रोग विशेषज्ञ डा.ऋषि कुमार काफ्लेले मृगौला रोगको बारेमा बताएका थिए ।

उनी नेपालमा मृगौला बचाउ अभियानका अभियन्ताका रुपमा सक्रियताका साथ लागेका छन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जको समन्वयमा विभिन्न संघ संस्थाहरुको सहयोगमा कार्यक्रम गरिएको मेडिकल कलेजका प्रवन्ध निर्देशक डा.सुरेश कुमार कानोडियाले बताए ।

मृगौला बचाउ अभियानका अभियन्ता काफ्लेका अनुसार नेपालमा लगभग ३० प्रतिशत मानिसहरुमा मृगौला रोग सम्वन्धी केही न केही समस्या रहेको बताए । उनले प्रत्येक मानिसहरुले कम्तीमा पनि ६र६ महिनामा आफनो किड्नी ठीक छ वा छैन भनि युरिया क्रिटियानी र आल्बुमिनको चेकजाँच गराउनु पर्ने बताए ।

उक्त सेमिनार हलमा लगभग ६०० जना जति सहभागी रहेको डा( कानोडियाले बताए । मृगौला बचाउ अभियानमा नेशनल किड्नी सेन्टरका डेपुटी प्रशासकिय निर्देशक सुमन राउत, त्यसैगरी कोर्डिनेटर जेशन श्रेष्ठ पनि यस अभियानमा लाग्नु भएको छ ।

डा. काफ्लेले यस नेपालगन्ज शहरमा पनि यस सम्वन्धी जनचेतना जगाउनु सम्पूर्ण संघ संस्था , बुद्धिजीवी , पत्रकार , चिकित्सकहरु, समाजसेवी , उद्योगी व्यापारी सबै लाग्न अनुरोध गरेका थिए । उनले उक्त अन्तरक्रिया कार्यक्रम पछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा मृगौला रोग सम्वन्धी ३० जना बिरामीहरुलाई जाँच गरेका थिए ।

मेडिकल कलेजको मेडिसिन ओ.पि.डी मा बिरामीहरुलाई जाच गरिएको थियो । उहाँलाई अस्पतालका डेपुटी निर्देशक डा( कुमार पोखरेल , फिजिसियन डा.प्रकाश नाग, डा.निर्जु अधिकारी , प्रशासनका कर्मचारी कुमार अधिकारी लगायतले बिरामी जाँच गर्न सहयोग गरेका थिए ।