भालुवाङका एक व्यापारी मजुदर माथि चक्कु प्रहार

दाङ,जेठ,२४
गएराती भालुवाङका एक व्यापारी मजुदर माथि चक्कु प्रहार भएको छ। राप्ती उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष तथा नयाँ शक्ति पार्टी नेपालका केन्द्रिय परिषद् सदस्य तथा राप्ती गाउँपालिका संयोजक होमप्रसाद शर्माको न्यू राप्ती हार्डवेयर्समा कार्यरत शर्माका आफ्नै कान्छा बुवाका छोरा राप्ती गाउँपालिका—१ भालुवाङका बर्ष ३२ का जिबलाल न्यौपाने माथि चक्कु प्रहार भएको हो ।

नेकपा माओवादी केन्द्रका राप्ती गाउँपालिका अध्यक्ष धर्मराज अधिकारी, माओवादीकै गञ्जबहादुर बिष्ट र जीतबहादुर घर्ती संग शर्माका कान्छा भाई संग कुराकानी भईरहेको बेला माओवादी केन्द्रका कार्यकर्ता तथा वाईसियलका राप्ती गाउँपालिका इन्चार्ज दिपक पुन पसल भित्र एक्कासी पसी जिबलाललाई चक्कु प्रहार गरेको पिडितका दाजु रामप्रसाद शर्माले  वताएको भालुपागवाट पत्रकार सन्तोष कुमार गुप्ताले जानकारी दिनुभएको छ।

चक्कु प्रहारबाट न्यौपाने गम्भीर घाईतेका भएका छन् । उनको मुखमा गम्भीर चोट लागेको छ । घाईते न्यौपानेलाई मंगलबार राती नै भालुवाङमा प्राथामिक उपचार पछि थप उपचारका लागि बुटवल लगिएको थियो । बुटवलमा पनि उपचार हुन नसकेपछि घाईते न्यौपानेलाई भैरहवाको युनिभर्सल मेडिकल कलेजमा उपचार भईरहेको परिवारले जनाएको छ ।

न्यौपानेको मुखमा २० बढी ठाउँमा टाका लगाईएको  वताइएकोछ।चक्कु प्रहार वा कुनै धारिलो हतिहार प्रयोग गरिएको हो, होईन भन्ने बिषयमा अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी प्रमुख रबिन्द्रबहादुर खड्काले जानकारी दिए ।