युवाहरुको संस्था सामर्थ्य नेपालको नेपालगन्ज उपमहानगरपालिकामा गठन

केपि खनाल/

बाके,भदौ,९-

“समाज परिवर्तनमा शिर्जनशिल युवाहरूको हातहरु ” भन्ने मुल लक्ष्य लिएर देशव्यापीरुपा गठन हुदै आइरएको युवाहरूको संस्था सामर्थ्य नेपालको बाके जिल्ला नेपालगन्ज उपमहानगरपालिकामा आज सामर्थ्य नेपालको केन्द्रिय समिती ले त्यसठाउका ११ सदस्यीय सक्रिय युवाहरुको समूह गठन गरिएको छ ।

जसको अध्यक्षमा पङकज ओलि ,उपाध्यक्षमा शारदा के.सि ,चिरञ्जीवी मल्ल सचीवमा रोसन खत्री त्यस्तै सह-सचीवमा प्रदीप चपागाई कोषाध्यक्षमा अरुणा शाही ठकुरी र सदस्यहरुमा क्रमश : सागर केसि,एकता बुढाथोकी,प्रभास जङग शाही,अनिता थापा,सुभास चौधरी ,कविता गौतम र अनिता बिसि हरुलाई नियुक्त गरिएको केन्द्रिय समितिले जानकारी दिएको छ ।

समितीका अनुसार देशमा भैरहेको सामाजिक ,आर्थिक ,राजनीति बिकृतीलाई हटाउन तथा समाजमा युवाहरूलाई सक्रिय बनाउन यो संस्था गठन भएको जस अन्तरगत नेपालगन्ज उपमहानगरपालिका मा युवाहरूलाई सक्रिय गराई विभिन्न जनचेतना मुलक कार्यक्रम तथा वडा बिस्तार गर्ने जिम्मा ओलिलाई दिएको जानकारि प्राप्त भएको छ ।

त्यस्तै नवनियुक्त ओलिले आफू ले सकेसम्म बिना राजनीति अस्तक्षेप सामाजमा भैरहेको बिकृतीलाई निर्मुल पार्न सम्पुर्ण युवाहरूलाई एक जुटा बनाएर अघि बड्ने जानकारी दिनु भएको छ ।