बाँकेमा ५५ प्रतिशत योजनाहरुको सम्झौता: जेष्ठ १५ भित्रै सबै योजनाहरु पुरा गरिसक्ने लक्ष्य

बाँके,माघ ११-जिविस बाँकेले आर्थिक वर्ष २०७३–७४ सुरु भएको ६ महिना पुग्नै लाग्दा बरिब ५५ प्रतिशत विकासका योजनाहरुको सम्झौता गर्ने काम सकिएको छ । जिविस अन्तर्गत छनौट भएका योजनाहरुको सम्झौता गर्ने काम अहिले द्रुत गतीमा भइरहेको बाँँकेका स्थानिय विकास अधिकारी हरी प्याकुरेलले जानाकरी दिनुभएको छ ।अहिलेसम्म करिब १० प्रतिशत आयोजनाहरुको सम्झौता भएर काम पनि सुरु भइसकेको र केहि योजनाहरु सम्पन्न भइसकेको पनि प्याकुरेलले जानकारी दिनुभयो ।

बाँकी रहेका योजनाहरु सम्झौताको प्रत्रियामा रहेको र योजनाहरुहरुको ठेक्का पट्टा गर्ने काम युद्धस्तरमा भइरहेको उहाँले बताउनुभयो । उहाँँले फागुन मसान्त सम्म योजनाहरुको सम्झौता गरिसक्नुपर्ने समय सिमा रहेकोले त्यस अवधिभित्रै सबै योजनाहरुको सम्झौता गरिसक्ने गरि काम गरिहेका बताउनुभएको छ ।योजनाहरुको सम्झौता ढिलो हुने र अन्तीममा आएर हतारमा काम समपन्न गर्दा गुणस्तर पुरा नभएको जनगुनासो आइरहेका बेला अब जिल्लामा त्यो अवस्था आउन नदिन आफुहरु सचेत बनेको उहाँको भनाई छ ।

“समयमै योजनाहरु सम्पन्न गर्नका लागि यसवर्ष हामीले आगामि जेठ १५ भित्रै सम्पन्न गरिसक्ने लक्ष्य राखेका छौँ”–उहाँले भन्नुभयो । स्थानिय विकास अधिकारी प्याकुरेलले बाँकेमा सबेभन्दा पछाडि परेको बघौडा क्षेत्रको विकासलाई प्राथमिकतामा राखिएको बताउँदै वर्षा अगावै त्यहाँका सबै योजनाहरु पुरा गरिने बताउनुभएको छ ।

उहाँले यस वर्ष बाँके जिल्लालाई कार्यसम्पादनमा देशकै पहिलो जिल्ला बनाउने गरि आफुहरुले काम गरिरहेको बताउनुभउको छ । यसका लागि गाविस सचिवहरुलाई गाउँमै बस्न र विकासलाई सघाउन निर्देशन दिएको बताउँदै कार्यसम्पादनमा पछाडि रहेका गाविसहरुलाई विशेष निगरानीमा रखिएको जनाउनुभएको छ ।