सरकारले फागुनमा खोप अभियान सञ्चालन गर्ने

काठमाडौ,माघ, १२  –सरकारले आगामी फागुनमा मुलुकका १५ जिल्लामा ‘विशेष पोलियो खोप कार्यक्रम’ अभियान सञ्चालन गर्ने भएको छ ।
फागनु ७ र ८ गते १५ जिल्लाका पाँच वर्षमुनिका १६ लाख ९२ हजार ३ सय १५ बालबालिकालाई पोलियो खोप लगाउने कार्यक्रम रहेको बालस्वास्थ्य महाशाखा अन्तरगत खोप शाखाले जनाएको छ ।नेपालले विश्व स्वास्थ्य सङ्गठनबाट सन् २०१४ मा पोलियो रोग शून्य रहेको प्रमाणपत्र पनि प्राप्त गरेको छ । सन् २०१८ मा विश्वबाटै पोलियो रोग उन्मूलन गर्ने विशव स्वास्थ्य संगठनको लक्ष्य छ ।

महाशाखाका अनुसार सुनसरी, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, रौतहट, पर्सा, बारा, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा यो अभियान सन्चालन हुनेछ ।नेपालले सन् २०१० मा पोलियो उन्मूलनको प्रमाणपत्र पाइसकेको भएपनि सार्क राष्ट अफगानिस्तान र पाकिस्तान मा अझै पोलियोको प्रभाव रहेकाले नेपालमा पनि जोखिमको महसुस गर्दै जोखिमयुक्त जिल्ला छनोट गरी कार्यक्रम सन्चालन गर्न लागिएको हो ।