समर नाइट २०१७ फुकुओकामा भब्यताका साथ हुने

मिलन मगर ,
फुकुओका,असार,२३-
जापानको फुकुओका शहरमा  नेप्लिज ब्रदर्सको आयोजनामा जुलाई १५ तारिक को दिन ‘द स्याडोज’ ब्याण्डको लाईभ कन्सर्ट भब्यताका साथ आयोजना हुने भएको छ ।सोही कार्यक्रममा द स्याडोज सगै नेपालका बहुचर्चित र्यापर गिरिस खतिवडाको पनि लाईभ प्रस्तुती हुनेछ।

कार्यक्रम फुकुओकाको ताकामीया एकी अघी रहेको आमी खासु हलमा हुनेछ ।कार्यक्रम बेलुका ५ बजे बाट सुरु हुनेछ र टिकेट शुल्क २५००¥(ADV) ,३०००¥ (DOOR SALE) रहेको आयोजक टिमले जानकारी दिएको छ ।