खजुरामा आक्रमण गर्ने बाघको खोजि कार्य तिव्र

खजुरा,जेष्ठ ,१४-


पाटेबाघको आक्रमणबाट घाइते भएका खजुरागाउँपालिका वडा नम्बर ३ धौलागिरीका ५० वर्षिय दिपबहादुर श्रीषको पछिल्लो स्वास्थ अवस्था बुझ्न गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति अस्पताल पुगेका छन ।

घाइतेलाई भेटेर स्वास्थलाभको कामना गर्दे आक्रमण गर्ने बाघको खोजि कार्यलाई तिव्र बनाइएको प्रतिक्रिया दिएका छन । पाटेबाघको आक्रमणबाट तीन जना घाइते भएका थिए । घाइते मध्ये ५० वर्षिय दिपबहादुर श्रीषको शिक्षण अस्पताल नेपालगन्जमा उपचार भइरहेको छ ।

अन्य दुई जना सामान्य घाइतेको पहिचान खुल्न सकेको छैन । शरिरको बिभिन्न भागमा गहिरो चोट लागेका श्रीषको आकस्मिक कक्षमा उपचार भइरहेको छ । सर्बसाधारण आक्रमण गर्ने वन्यजन्तुलाई नियन्त्रणमा लिन बिशेष टोली परिचालन भएको कक्षपतिले बताए ।

किरणनाला जंगल नजिकै घर भएका स्थानीयले राती बाघको आवाज सुनेपछि बिहानैबाट खोजी शुरु गरिएको हो । जिल्ला वन कार्यालय बाँकेको समन्वयमा सशस्त्र वन रक्षक, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासिन्दाले बाघको खोजी गरिरहेका छन् ।

मंगलबार बिहान खजुरा गाउँपालिकाका अध्यक्ष किस्मत कक्षपति लगायतका जनप्रतिनिधिले बाघले आक्रमण गरेको स्थल निरिक्षण गरेका छन । वन्यजन्तुको आक्रमणबाट सर्बसधारणलाई जोगाउन हरप्रकारको प्रयास थाल्न सरोकारवाला निकायसंग उनले आग्रह गरेका छन् ।