वेस्टर्न वचत ऋण सहकारीले गर्यो आफ्ना सेयर सदस्य भेला

नेपालगन्ज,जेष्ठ ,१४-


नेपालगन्जको चर्चित एवम् विश्वस्नियता कमाएको सहकारी “वेस्टर्न वचत ऋण सहकारी “ले मंगलबार नेपालगन्जमा आफ्ना सेयर सदस्यहरुको भेला कार्यक्रम सम्पन्न गरेको छ।

बाँकेमा केही समय यता एक सहकारीका कर्मचारीहरुले आर्थिक रकम हिनामिना गरेको समाचार बाहिर आएपछि वेस्टर्न सहकारीले आफ्ना सेयर सदस्यहरुलाई जम्मा गरि वृहत् छलफल गरेको हो।

छलफलका क्रममा वेस्टर्न वचत ऋण सहकारीका अध्यक्ष ईश्वर प्रसाद पोखरेलले वेस्टर्न सहकारी पुरानो ,धेरै कलेक्सन गर्ने र कमजोर नभएको साथै आर्थिक रुपले बलियो सहकारी भएको बताउनु भएको थियो। त्यस्तै पछिल्लो केही समय यता नेपालगन्जमा सहकारीका कर्मचारीले रकम हिनामिना गरेको खबर बाहिर आइरहँदा वेस्टर्नलाई पनि अन्य सहकारीको नजरमा नहेर्न र सबै सहकारी एउटै नहुने भएकाले ढुक्क संग वेस्टर्नमा रकम जम्मा गर्न आफ्ना सेयर सदस्यहरुलाई उहाँले आग्रह गर्नुभएको थियो।

“वेस्टर्न सहकारी सिद्धान्त र सिस्टममा अगाडि बढिरहेकोले हरेक सेवा सुविधा लगायत व्याजदर डेभलपमेन्ट बैंक सरह पुर्याउने बाचा गर्दछौँ। हाम्रो सेयर सदस्य आफैमा विज्ञ भएको हुँदा सेयर होल्डरहरले बेलाबेला सहकारीमा आइ खबरदारी गर्नुहुन अनुरोध छ “,अध्यक्ष पोखरेलले भन्नुभयो।

त्यस्तै छलफलमा वेस्टर्न सहकारीका प्रबन्धक तथा उक्त कार्यक्रमका सन्चालक समेत रहनु भएका थानेश्वर पाण्डेले आफ्नो सहकारीमा निकै अनुभवी कर्मचारी भएकाले आजसम्म नकारात्मक क्रियाकलाप आफ्नो सहकारीबाट नभएको बताउनु भयो। उहाँले भन्नुभयो,”बैँक बराबरकै सेवा सुविधा वेस्टर्नले दिइरहेको छ। आइटि क्षेत्रलाई बैकिङ सुविधामा ल्याउनको लागि अब छिट्टै वेस्टर्नमा पनि एटिएम सेवाको बिस्तार हुँदैछ।”

छलफलकै क्रममा वेस्टर्नका लेखा उपसमितिका संयोजक मित्रलाल शर्माले भन्नुभयो,” सहकारीको स्थापना कालदेखि नै सहकारीमा संकलित सबै रकमको आर्थिक अभिलेख स्पष्ट संग लेखा बिभागले राख्दै आएकोले सेवाग्राहीको एक रुपैयाँ पनि तलमाथि रहदैन। सेयर सदस्यहरुले सहकारीमाथी पुर्ण बिश्वास गर्नुहोस् ।”

करिब तिन घण्टा सम्म संचालित उक्त छलफल कार्यक्रममा वेस्टर्नका कानुनी सल्लाहकार प्रल्हाद बहादुर कार्की,तालिम उपसमितिका सदस्य ऋषिराम सापकोटा ,पत्रकार झलक गैरे लगायतले कार्यक्रममा बोल्नुभएको थियो। छलफल कार्यक्रममा वेस्टर्नका सम्पुर्ण सेयर सदस्यहरुको एकदम बाक्लो उपस्थिति रहेको थियो।