सिर्जना बर्देवा/
ओखलढुंगा,मंसिर,२०-
ओखलढुंगामा निर्वाचन प्रचारका लागि टागिएका प्रचार सामाग्री हटाउन थालिएको छ । पहिलो चरण अन्तरगत गत मंसिर १० गतेको निर्वाचनलाई लक्षित गरि टाँगिएका पर्चा,पम्प्लेट,तुल तथा ब्यानरहरु हटाउन थालिएको हो । उम्मेद्धवारहरुको नाममा भोट अपिल गर्न टाँगिएका पर्चा,पम्प्लेट,तुल तथा ब्यानरहरुले बजारको सौद्धर्याता प्रभाबित भएको भन्दै नेपाली काग्रेस ओखढुंगाले प्रचार सामाग्रीहरु हटाउन सुरु गरेको हो ।
आफ्ना उम्मेद्धवारहरुका नाममा भोट अपिल गरि बजारभर टाँगिएका प्रचार सामाग्रीहरु पुरानो भएर बजार क्षेत्रको सौद्धर्यातामा असर पर्ने भन्दै सफाई अभियान सञ्चालन गरिएको नेपाली काग्रेस ओखढुंगाका सचिब रुद्ध प्रसाद अधिकारीले बताए ।
सदरमुकामको मुख्य बजारहरुमा नेपाली काग्रेस,बाम गठबन्धका (एमाले माओवादी केन्द्र) संघिय समाजवादी फोरम लगाएतका दलहरुले प्रचार सामाग्री टाँगेका छन् । अब निर्वाचन सकिएकाले आफ्नो प्रचार आफैले हटाउनुपर्छ भन्दै काग्रेसले टाँसेका पर्चा,पम्प्लेट,तुल तथा ब्यानरहरु लगाएतका प्रचार सामाग्री हटाउन थालिएको सचिब अधिकारीको भनाई छ ।
यस सफाई अभियानलाई म्यादि प्रहरीहरुले समेत साथ दिएका छन् । नेपाली काग्रेको सफाई अभियानले अन्य दलहरुलाई समेत चुनौती दिएको छ । अन्य दलहरुले पनि आफ्ना उम्मेद्धवारको नाममा भोट अपील गरि टाँगिएका सामाग्रीहरु चाडै हटाउने बताएका छन् ।