०७४ कात्तिक सम्ममा तीनै तहको चुनाव गर्नुपर्छ : संविधानविद आचार्य

दाङ,माघ २८-संविधानविद नीलाम्बर आचार्यले २०७४ कात्तिकसम्ममा तीनै तहको चुनाव गरिसक्नुपर्ने बताउनु भएको छ । उहाँले संविधानमा विमति राख्नेहरुलाई राजनीतिक संवादमार्फत सहमति खोजेर संविधान कार्यान्वयनका लागि निर्वाचनमा लाग्नुपर्ने रिपोर्टर्स क्लब दाङले आज आयोजना गरेको साक्षात्कार कार्यक्रममा जानकारी दिनुभएको हो ।

उहाँले  सरकार निर्वाचनप्रति गम्भीर नभएको भन्दै कुनै एउटा पार्टीले मानेन भन्दैमा चुनावबाट पछि हट्न नहुने बताउनुभयो । संविधान जारी गर्दा एक भएका दलले संविधान कार्यान्वयन गर्दा पनि एक हुनुपर्ने उहाँको भनाइ थियो ।उहाँले  हाल रुपान्तरित संसद्ले दीर्घकालीन प्रभाव पार्ने महत्वपूर्ण निर्णय गर्न नमिल्ने पनि बताउनु भएको छ ।