नीति तथा कार्यक्रममाथि सासंदहरुले उठाएका प्रश्नमा आज प्रधानमन्त्रीले जवाफ दिने

काठमाडौं,जेठ,६-प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नमा आज संसदमा जवाफ दिनुहुनेछ ।नीति तथा कार्यक्रममा दुई दिनसम्म १ सय १८ जना सांसदले भाग लिएका थिए ।

प्रधानमन्त्रीको जवाफपछि  नीति कार्यक्रममाथि संशोधन निर्णयार्थ पेश गरिनेछ ।विभिन्न राजनीतिक दलका तर्फबाट नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत परेको छ ।

संशोधनको छिनोफानोपछि नीति तथा कार्यक्रम पारित हुनेछ । संसद बैठक मध्याह्न १२ बजे बस्दै छ ।राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

संवैधानिक प्रावधान अनुसार सरकारले जेठ १५ गते वार्षिक बजेट पेश गर्नेछ ।