
टोकियो,असार,१३,-माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ।केहीबेरअघि बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकपछि एसईईको नतिजा सार्वजनिक भएको हो।
यो वर्षको एसईईमा ६१ दशमलव ८१ प्रतिशत विद्यार्थी ग्रेडेड अर्थात् उत्तीर्ण भएका बोर्डका अध्यक्ष महाश्रम शर्माले जानकारी दिनुभयो।यो गएको वर्षको भन्दा झन्डै १४ प्रतिशतले धेरै हो।गएको वर्ष ४८ प्रतिशत विद्यार्थी ग्रेडेड भएका थिए।
बोर्डका अनुसार नियमिततर्फ यो वर्षको एसईईमा ३ दशमलव ६० देखि ४ दशमलव ० जीपीए ल्याउने विद्यार्थीको सङ्ख्या ४८ हजार १ सय ७७ रहेको छ।
यस्तै ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए ल्याउनेको सङ्ख्या ८१ हजार ३ सय ८५ र २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याउनेको सङ्ख्या ८९ हजार १ सय २४ रहेको छ।
यसैगरी ४८ हजार ४ सय ७९ जनाले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए, ४ हजार १ सय २६ जनाले २ देखि २ दशमलव ४ जीपीए र ८ जनाले १ दशमलव ६ देखि २ जीपीए ल्याएका बोर्डका अध्यक्ष शर्माले बताउनुभयो।
यस्तै १ सय २६ जना विद्यार्थीको परीक्षा रद्द भएको छ । नन ग्रेड भएका विद्यार्थीहरूले साउन २९ गतेदेखि मौका परीक्षा दिन पाउने भएका छन् ।
यस वर्षको एसईई परीक्षा गएको चैत ७ गते शुरू भई १९ गते सकिएको थियो।एसईईमा ५ लाख जनाभन्दा धेरै विद्यार्थी सहभागी भएका थिए ।
यसरी हेर्न सकिन्छ नतिजा :
एसईईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस ३५००१, ३४९४९, ३१००३, ३४४५५ र १६०० र आईभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरिएको छ ।
यस्तै यी वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ :
www.see.gov.np
www.neb.gov.np
www.see.ntc.net.np
www.ekantipur.com
www.see.edusanjal.com
see.eswea.com.np
https://khalti.com/app
collegeinfonepal.com/see
https://theconnectplus.com
www.12khari.com
https://www.collegesnepal.com/see_result/
https://bit.ly/GetNcellApp
https://swifttech.com.np/see-result/
https://resultneemaacademy.com
see.mypay.com.np