बास नेपाल बर्दियाले बृहत रक्तदान कार्यक्रम सम्पन्न गर्यो

फाईल तस्विर ।

बर्दिया,असार,१३-बास नेपाल बर्दिया शाखाको आयोजनामा आज गुलरिया नगरपालिका वडा न.५ मातङ्गी चोकमा बृहत रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

“स्वस्थ व्यक्तिबाट स्वेच्छिक रक्तदान-मानवताको महान योगदान” भन्ने नाराका साथ सञ्चालन भएको कार्यक्रम बिहान ७:३० बजेदेखि सुरु गरिएको थियो।कार्यक्रममा प्रमुख अतिथी गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाह ले ब्यानर पढेर कार्यक्रमको औपचारिक उद्घाटन गर्नुभएको थियो।

फाईल तस्विर

बिशिष्ट अतिथिका रुपमा वडा न.५ का वडा अध्यक्ष मुम बहादुर मल्ल ले शुभकामना मन्तव्य राख्दै यस्ता कार्यक्रमहरु योजना बनाएर गर्नु पर्ने र रक्तदान सम्बन्धि स्थानिय स्तरमा जनचेतना जगाउन पनि अति आवश्यक रहेको भन्दै रगत दान गर्न सबैलाई अपिल गर्नु भएको थियो।

कार्यक्रममा बास नेपाल केन्द्रिय उपाध्यक्ष खुमेश सुवेदी, बर्दिया अस्पताल बिकास समितीका अध्यक्ष रबिन्द्र कुमार यादव ले आफ्नो शुभकामना मन्तब्य सहित रक्तदान लाई जीवन दानको प्रयाय भएको कुरा व्यक्त गर्नु भएको थियो।कार्यक्रममा बास नेपालका केन्द्रिय सदस्य इश्वर बि क, गुलरिया उपशाखा प्रतिनिधि प्रवेश पौडेल लगाएत अतिथिको रुपमा हुनुहुन्थ्यो।

फाईल तस्विर ।।

कार्यक्रममार्फत संकलित रगत स्थानीय रक्त अभावको समयमा आवश्यक पर्ने व्यक्तिहरूलाई जीवनरक्षा गर्न प्रयोग गरिने जानकारी आयोजक तथा कार्यक्रमका सभाध्यक्ष बास नेपाल बर्दिया शाखा अध्यक्ष राम सुनाम ले जानकारी दिदै औपचारिक समापन गर्नु भएको थियो।

रक्तदान कार्यक्रम साझ ५ बजेसम्म चलेको थियो।औपचारीक कार्यक्रमको सहजीकरण बर्दिया शाखाका कार्यसमिति सदस्य लक्ष्मण भण्डारीले गरेका थिए। कार्यक्रममा बास नेपाल बर्दियाका पदाधिकारीहरु, समाजसेवी, पत्रकार, कर्मचारी तथा स्थानीय गरि १५० बढिको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी बर्दिया जिल्ला शाखा लारी रक्त सञ्चार केन्द्र गुलरिया को प्राविधिक सहयोगम एव गुलरिया नगरपालिका वडा न. ५ को आर्थिक सहयोगमा आयोजना गरिएको थियो।

फाईल तस्विर ।।

कार्यक्रमलाई नेपाल स्वयंसेवि रक्तदाता समाज बर्दिया, युथ ब्लड डोनर्स गुलरिया, बर्दिया कृष्णशार स्पोर्ट्स क्लब गुलरिया, विकासप्रेमी युवा समूह बर्दिया, जेसिस बर्दिया लगायतका संस्थाले सहकार्य गरेका थिए। रक्तदान कार्यक्रममा स्थानिय, पत्रकार, प्रहरी एव कर्मचारी गरि ३१ जना रक्तदाताहरु ले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए।

यस किसिमका रक्तदान कार्यक्रमले समुदायमा सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्ने र स्थानियस्तरमा रक्तदानसम्बन्धि जनचेतना समेत जगाउने विश्वास आयोजकको छ।