टोकियो,माघ,९-नेपाल मगर संघ जापानले टोकियो लगायत ५ ठुला शहरहरुमा गरेको माघे संक्रान्ति विशेष सांगितिक साँझ कार्यक्रम सकेर चर्चित राष्ट्रिय कलाकार संगिता थापा मगर आज बुधबार राती स्वदेश फिर्ता हुनु भएको छ।
विगत लामो समय देखी अमेरिकामा बस्दै आउनु भएका गायीका संगिता थापा मगर नेपाल मगर संघ जापानको निमन्त्रणामा जापान आउनु भएको थियो।उहाँले नागोया, ओसाका, गुन्मा र टोकियोमा भएको माघे संक्रान्ती विशेष संगितीक साँझ कार्यक्रममा आफ्नो प्रस्तुती दिदै उपस्थित दर्शकलाई छमछमी नचाउदै मनोरञ्जन प्रदान गर्नु भएको थियो।
कार्यक्रम सफलता पुर्वक सम्पन्न गरेपछि उहाँ आज जापानको हानेदा विमान स्थल हुँदै नेपाल फर्किनु भएको हो।कलाकार थापाका अनुसार २ महिना नेपाल बसाई पछि आफू पुनह:अमेरिका फर्किने बताउनुभयो।
जापान बसाईमा सबै संग पारिवारिक जसरी बस्न पाउदा एकदमै राम्रो लागेको बताउदै फर्कदा नराम्रो लागे पनि सफलता पुर्वक कार्यक्रम सम्पन्न गर्न सफल भएकोमा सबै आयोजक टिमलाई धन्यवाद दिदैं आगामी दिनमा पनि यसरी नै मगर संघ जापानले राम्रो गर्दै जानेछ भन्नेमा आफू विस्वस्त भएको बताउनुभयो।
उहाँलाई विमानस्थ सम्म विदाई गर्न नेपाल मगर संघ जापानका अध्यक्ष रामहरी खपाङ्गी मगर, महासचिव भिक्टर ठाडा मगर, कोषाध्यक्ष सविन बाबु मगर, यस्तै वरिष्ठ सल्लाहकार नविन थापा मगर र सल्लाहकार लक्ष्मण घर्ती मगर लगायतले दोसल्ला ओढाएर विदाई गर्नु भएको थियो।
स्मरण रहोस् : नेपाल मगर संघ जापानले ५ ठुला शहरहरु नागोया, ओसाका, फुकुओका, गुन्मा र टोकियोमा माघे संक्रान्ती विशेष साँगितीक साँझ कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको थियो।
कार्यक्रम गर्नुको मुख्य उद्देश्य भनेको मगर भेषभुषा तथा कला संस्कृतीको प्रर्दशनी र म्याग्दी जिल्ला रघु गाँउ पालीका ४ घर भई ईतावासी बस्दै आउनु भएका मृगौला पिडीत एलिना पुन मगरलाई सहयोगार्थ गर्नु पनि रहेको नेपाल मगर संघ जापानका महासचिव भिक्टर ठाडा मगरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।