आज हरितालिका तिज, देशभर मनाईदै

फाईल तस्विर: सामाजीक संजालबाट साभार !!

काठमाण्डौ,भदौ,५-आज हरितालिका तिज ।नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आज देशभर एकै साथ  मनाईदैछ ।भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्वउमा महेश्वरको पूजाराधना गरी मनाईने गरिन्छ।

भाद्र शुक्ल तृतीयामा व्रत बसी माता पार्वतीले शिव भगवानलाई पति पाउ भनी तीजमा पानीसमेत नखाई व्रत बसी शिवलाई पति स्वरूपमा प्राप्त गरेकोले आज हिन्दु नारीहरु पतिको लामो आयु र ईच्छा अनुसारको बर प्राप्त हेतु ब्रत बसी  भगवान शिवको पूजा गर्ने प्रचलन छ  ।

शिवको पूजा गर्न भक्तजनहरुको काठमाडौंको पशुपतिनाथ सहित देशभरका शिवालयहरुमा बिहानैदेखि जाने गर्दछन्, यस वर्ष भने कोरोनाका कारण तिज अत्याधिक भिडभाड हुने क्षेत्रमा सुनशान छाएको छ। 

यो व्रत गर्ने पुरुषले विधुर हुनु नपर्ने तथा नारीले अटल सौभाग्य र अविवाहित केटाकेटीले गुण सम्पन्न वर वा वधु पाउने मान्यता छ ।

  • विवाहित महिलाको श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास रहेको छ ।

धार्मिक पौरणिक कथा अनुसार तीज पर्वको कथन यस्तो छ ;  हिमालय पर्वतकी पुत्री पार्वतीले महादेव स्वामी पाउनका लागि गरेको व्रत सफल भएकोले तीज पर्व मनाउने प्रचलनमा आएको हो l  हिमालय पर्वतले आफ्नो पुत्री पार्वती विष्णुलाई कन्यादान दिन लागेको थाहा कुरा पाएर उनका साथीहरूले पार्वतीलाई कसैले नदेख्ने ठाउँमा लुकाएर राखेको र सोही स्थानमा पार्वतीले शिवको निर्जला व्रत बसेको र शिवको बरदान प्राप्त गरेको  हुनाले यसलाई ‘हरितालिका’ व्रत भन्ने गरिएको स्कन्द पुराणमा उल्लेख गरिएको छ ।

 

सोहि अनुरुप अघिल्लो दिन राति अवेर दर खाएर भोलिपल्ट तीजको दिन निराहार व्रत बसेर शिवको पूजा गर्ने परम्परा छ ।  तीजको व्रत बसेर शिवको पूजा गरेमा विवाहित महिलाको श्रीमानको आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास रहेको छ ।

भाद्र शुक्ल द्वितीयाको रातमा दर खाई  तृतीयाका दिन ब्रत बस्ने र  पञ्चमीको दिन अरूनधत्तीसहित सप्तऋषिको पूजा गरेपछि तीज पर्व सम्पन्न हुने गर्दछ  ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायतले सबै महिलालाई तीज पर्वको शुभकामना दिएका छन् । तीजमा महिलाका लागि सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

राष्ट्रपतिले शुभकामना सन्देश मार्फत  नेपाली नारीहरुमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सदभाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको कामना गर्नुभएको छ  ।