नेपालमा ३ जनामा कोरोना भाईरस : संक्रमितको संख्या ९ पुग्यो

कैलाली,चैत,२२-नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ९ जना पुगेको छ । कैलाली र कञ्चनपुरमा कोरोना भाइरस संक्रमित थप ३ जना फेला परेसँगै संक्रमितको संख्या ९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुम्बइबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूषमा कोरोना भाइरस पुष्टि भएको छ । यस्तै भारतकै उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष पनि कोरोना पुष्टि भएको छ । 

यसअघि कैलालीको ३४ वर्षीय महिलामा पनि कोरोना पुष्टि भएको छ।  ती महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ । योसँगै पहिलो पटक नेपाल भित्रै एक व्यक्तिबाट अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले आफ्नो फेसबुकमार्फत् नेपालमा थप तीन व्यक्तिमा कोरोनाभाइरसको सङ्क्रमण भेटिएको पुष्टि जनाएको हो ।