चिसोमा कठयाङ्ग्री रहेका एक वृद्धलाई नेपालगन्जबाट उद्दार

राम सुनाम/

बाके,पौष,२५-

नेपालगन्जको धम्बोझी चोकमा चिसोले कठयाङ्ग्रीएर बेवारीसे अवस्थामा भेटिएका एक वृद्धलाई लालिगुराँस बचत तथा ऋण सहकारी संस्था न्युरोडका उपाध्यक्ष विष्णु अर्याल र रेडियो सदभावको पहलमा रेखदेखका लागि आज वृद्धाआश्रम पु¥याइएको छ ।

चिसोका कारण हिड्न समेत नसक्ने अवस्थामा धम्बोझी चोकमा भेटिएका दाङ घर बताउने जीतबहादुर ओझालाई नेपालगन्जको निल सागर वृद्ध आश्रममा रेखदेखका लागि पु¥याइएको हो ।

चिसोमा सडकमै बस्ने र सुत्ने गर्दा वृद्धको स्वास्थ्य स्थिती विग्रदै गएको अवस्थामा फेला परेको उद्दारमा खटिएका पत्रकार खगेन्द्र दाहालले जानकारी दिनुभयो ।