
टोकियो,मंसिर,८-नेपाल मगर संघ जापानले यस वर्ष पनि जापानभरी नै माघे संक्रान्ती पर्व मनाउने भएको छ।
नेपाल मगर संघ जापानको केन्द्रिय समिति र क्षेत्रीय समितिहरुको संयुक्त रुपमा आयोजना गरि यस वर्ष पनि जापानभरी नै जनवरी महिनामा विभिन्न ठाँउमा फरक फरक समयमा माघे संक्रान्ती पर्व मनाउन लागेको हो।
यस वर्ष नेपालको प्रथम शहिद लखन थापाको सम्झनामा लखन साँस्कृतिक संग्राहलय निमार्णमा सहयोगार्थ भन्ने मुख्य उद्देश्यका साथमा मगर समुदायले महान पर्व माघे संक्रान्ती मनाउन लागेको नेपाल मगर संघ केन्द्रिय समिति जापानका अध्यक्ष भिक्टर ठाडा मगरले बिहानी अनलाईलाई जानकारी दिनुभयो।
यसैविच : माघे संक्रान्ती पर्वका अवसरमा जापानका विभिन्न ठाँउहरुमा सांगितिक कार्यक्रम हुने छ, उक्त सांगितिक साँझ कार्यक्रममा नेपाल देखि चर्चित कलाकारहरु र जापानमा रहेका चर्चित कलाकारहरु चेतन घर्ती मगर, रचना राना मगर,दिपन मगर, युवराज मगर डान्सर कामना फगामी मगर र नेपाल मगर संघ जापानको सांस्कृतिक समुहको विजोड प्रस्तुती रहने नेपाल मगर संघ जापानका महासचिव सागर थापाले जानकारी दिनुभयो।
उहाँका अनुसार प्रवासमा रहेका नेपाली मगर समुदाय लगायत नेपालीजनलाई समेट्दै यो सांगीतीक कार्यक्रम गर्न लागेको बताउनुभयो।मगर समुदायले माघे संक्रान्ती पर्वलाई हरेक वर्ष राष्ट्रिय पर्वको रुपमा मनाउदै आएको छ।
महासचिव थापाले दिएको जानकारी अनुसार मगर संघ केन्द्रिय समिति र क्षेत्रीय समितिले जापानको विभिन्न ठाँउमा फरक फरक मिति र ठाँउमा कार्यक्रम गर्न लागेको हो।
उहाँका अनुसार नेपाल मगर संघ जापान क्षेत्रिय समिति गुन्माले जनवरी १० तारिख शनिवारका दिन गर्दैछ,भने क्षेत्रीय समिति तोकाई नागोयाले र क्षत्रिय समिती शिजुओकाले जनवरी ११ तारिख आईतवारका दिन गर्ने भएको छ।

त्यसैगरी : नेपाल मगर संघ जापान क्षेत्रीय समिति कान्साई ओसाकाले जनवरी १२ तारिख सोमबारका दिन गर्दैछ,भने उता क्षेत्रीय समिति ओकिनावाले जनवरी १५ तारिख बिहिवारका दिन गर्ने भएको छ।
त्यसपछि नेपाल मगर संघ जापान क्षेत्रीय समिति क्युस्यु फुकुओकाले जनवरी १६ तारिख शुक्रबारका दिन गर्ने भएको छ।
यस्तै : नेपाल मगर संघ केन्द्रीय समिति जापानले टोकियोमा जनवरी १८ तारिख आईतवारका दिन अन्तिममा कार्यक्रम गर्ने जनाएको छ।
आउदै गरेको माघे संक्रान्ती विशेष साँगितिक साँझ कार्यक्रममा जापानभरी रहेका सम्पुर्ण नेपाली समुदायलाई आफ्नो पायक पर्ने ठाँउमा रहेको कार्यक्रममा उपस्थीतीको नेपाल मगर संघ केन्द्रिय समितिले आग्रह समेत गरेको छ।





