चितुवाको आक्रमणबाट दुईजनाको मृत्यु, चितुवा पनि मारियो

डडेल्धुरा,कात्तिक,२५-डडेल्धुरामा चितुवाको आक्रमणमा परी दुईजनाको ज्यान गएको छ ।

भागेश्वर गाउँपालिका वडा नम्बर-१ का १२ वर्षीय दिलिप साउद र शिवनाथ गाउँपालिका वडा नम्बर-४ की २१ वर्षीया मायाकुमारी महताको चितुवाको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घाँस काटिरहेको बेला चितुवाले आक्रमण गर्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आक्रमणबाट मृत्यु भएकी किशोरीलाई चितुवाले खाइरहेको अवस्थामा स्थानीयले ढुंगामुढा गरी चितुवा पनि मारेका छन् । सोको प्रतिकार गर्दा घाइते भएका केहीको उपचार भइरहेको जनाइएको छ ।ईमेजबाट