पछिल्लो २४ घण्टामा थपिए २७३६ जना संक्रमित, २२ जनाको मृत्यु, ८५३ डिस्चार्ज

काठमाडौं,कात्तिक,२५-नेपालमा मंगलवार थप २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा मंगलवारसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ३५ जना रहेका छन् । 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७६० जना पुगेको छ । नेपालमा हालसम्म कोरोनाबाट निको हुनेको संख्या १ लाख ६० हजार ५७७ जना पुगेको छ। मन्त्रालयका अनुसार विगत २४ घण्टामा थप २२ जनाको कोरोना संक्रमणबाट मुत्यु भएको छ । 

योसँगै कोरोना संक्रमणबाट १ हजार १४८ जनाको मृत्यु पुष्टि भएको छ ।विगत २४ घण्टामा ८५३ जना कोरोना संक्रमणबाट मुक्त भई  डिस्चार्ज भएका छन् ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा १५ लाख ६४ हजार २१४ ओटा पीसीआर परीक्षण भएको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टाइनमा १ हजार ५८ जना रहेका छन् भने  आईसोलेशनमा ३८ हजार ३५ जना रहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा काठमाडौँमा १ हजार १४१जना, भक्तपुर जिल्लामा ८६ जना र ललितपुर जिल्लामा १९३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।