टोकियोमा दोहोरी कलाकार द्वय श्याम राना र सम्झना लामिछाने ले दर्शकलाई झुमिझुमी नचाए

टोकियो,जापान,पौष,२८-जापानको टोकियोमा लोक तथा दोहोरी कलाकार द्वय श्याम राना मगर र सम्झना लामिछाने मगरले दर्शकलाई झुमिझुमी नचाएका छन्।  नेपाल मगर संघ जापानले शनिवार माघे संक्रान्ती पर्वको अवसरमा आयोजना गरेको माघे संक्रान्ती विशेष लाङ्घाली साँझ २०२४ सांगितीक कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गायीका सम्झना लामिछाने र चर्चित लोक दोहोरी गायक श्याम राना मगरले दर्शकलाई नचाएका हुन्। […]

जापानमा रहेका नेपाली फुटबलर उनम बुढाथोकी संगको अन्तर्वार्ता

टोकियो,जापान,चैत्र,२२-नेपालमा पछिल्लो समय राष्ट्रिय टिमका मुख्य खेलाडी लगायत क्लवबाट व्यवसायीक खेल खेल्दै गरेका दर्जनौ खेलाडी विदेश पलायन भैईसकेका छन्,भने केहि जाने चाजोमाजो मिलाउदै छन्।यसले नेपाली खेल दर्शकमा ठुलो निराशा सिर्जना छाएको छ।“हामी नेपाली फुटबल,क्रिकेट खेल या भनौं अन्य खेलमा यती शौखिन भैईसकेका छौं कि,सायदै पश्चिमी मुलुक संग तुलना गर्दा फरक नपर्ला”हामी संग खेल्ने राम्रो पुर्वाधारहरु […]

रचनालाई निरन्तरता दिन स्रष्टालाई अध्यक्ष ओलीको आग्रह

काठमाडौं,आषाढ,२६-नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले साहित्यिक रचनाहरुलाई निरन्तरता दिन स्रष्टाहरुलाई प्रोत्साहित गर्नुभएको छ । छिन्नलता गीत पुरस्कार गुठीले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गीत, संगीत, गायनसहितको साहित्यिक रचनालाई निरन्तरता दिन स्रष्टाहरुलाई आग्रह गर्नुभएको हो । उहाँले गीत, संगीत र गायनको क्षेत्रलाई अगाडि बढाउन नेपाली जनता सदैव प्रतिवद्ध रहेको पनि स्पष्ट […]

जापानको फुकुओकामा नेपाली फिल्म “कबड्डी ४” प्रदर्शन हुने

फुकुओका,जापान,२६-नेपाली फिल्म ‘कबड्डी ४’ जापानमा प्रदर्शन हुने भएको छ।फिल्म यहि “जुन ४ तारिख” शनिबारका दिन फुकुओकामा रहेको आकासाका हलमा लाग्ने भएको छ ।    फुकुओकामा रहेको नेपालीहरुको समुह “ढिला आयो कडा आयो” को आयोजनामा ‘कबड्डी ४’ फिल्म प्रदर्शन हुन लागेको हो ।लामो समयपश्चात फुकुओकामा रहेका नेपालीहरुले प्रवासमा हलमै गएर टिपिकल नेपाली कथाबस्तु रहेको नेपाली फिल्म  “कबड्डी ४” […]

महाकवि देवकोटाको आज ११३ औँ जन्म जयन्ती

काठमाडौँ,कार्तिक,१८-नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्म जयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म वि.सं. १९६६ मा कात्तिक कृष्ण औँसी अर्थात लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न शुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, गीत, समालोचना […]

सकियो चलचित्र “पोइ पर्यो काले”को सुटिङ ,कार्तिक ८ गतेदेखि प्रदर्शन हुँदै

नेपालगन्ज,असार, ८- रेड बर्ड ब्यानरको निर्माणमा बनेको चलचित्र “पोइ पर्यो काले”को एउटा गीत बाहेक सम्पुर्ण सुटिङ सकिएको छ। मल्टीस्टारर उक्त चलचित्रको सम्पुर्ण छायांकन पोखरामा सकिएको निर्माण टिमले बताएको छ। शिशिर राणाको लेखन तथा निर्देशन रहेको उक्त चलचित्र तिहारलाई लक्षित गरि कात्तिक ८ गते प्रदर्शन हुँदैछ। चलचित्रमा सौगात मल्ल,पूजा शर्मा, आकाश श्रेष्ठ, सृष्टि श्रेष्ठ, सुरक्षा पन्त, सोहित […]

भेरीगंगा उपत्यका महोत्सवको ९औँ दिन भोलि चर्चित र्‍यापर भिटेनले तहल्का पिट्ने

सुर्खेत,जेष्ठ ,२५- सुर्खेतको भेरीगंगा उपत्यका महोत्सव २०७६ को ९ औँ दिन भोलि आइतबार चर्चित र्‍यापर(समीर घिसिङ ) भिटेन आउने भएका छन। ‘कला संस्कृति कृषि पर्यटन उधोग ब्यापार समृद्ध कर्णाली प्रदेश बनाउने मुल आधार’ भन्ने मुल नाराका साथ कला संस्कृती पर्यटन प्रबर्द्धन मञ्च रकुम पश्चिमको आयोजना तथा उद्योग वाणिज्य संघ भेरीको सहआयोजनामा सुर्खेतकाे भेरीगं‌गामा सन्चालन भइरहेको […]

अशोक चाम्लिङ राइको नयाँ गीत “मनकी सिम्मा” सार्वजनिक(भिडियो सहित)

इटहरी,जेष्ठ ,२४- अशोक चाम्लिङ राइको नयाँ गीत “मनकी सिम्मा” नेपाली सांगीतिक बजारमा सार्वजनिक भएको छ। अशोक चम्लिङ्ग राइको प्रस्तुति रहेको उक्त गीतमा गायक दिनेश राइको आवाज, दिपेन्द्र राइको संगीत तथा शब्द स्वयं अशोक चाम्लिङकै रहेको छ भने गीतलाई मनोज मोतेले एरेन्ज गरेका हुन। उदयपुर गाईघाटमा अबस्थित रमणीय ठाँउ प्राकृतिक ताजमहल र इटहरी सुनसरीको प्रणामी मन्दिर,तालतलैया […]

नेपालगंजमा पनि अब बाजा नेपाल

नेपालगन्ज,जेष्ठ ,२३- काठमाडौँको बाजा नेपाल र नेपालगंजको उडान नेपालबीच गत जेष्ठ १२ गते नेपालगंजमा पनि बाजा तथा संगीत सम्बन्धि उधमशिलता बिकाश गर्ने सम्झौता भएको छ । काठमाडौँको सामाखुसीमा रहेको बाजा नेपाल पिछडिएका बाजा बजाउन जान्ने संगीतकर्मीहरुलाइ रोजगार बनाउने लक्ष्य लिएको संस्था हो । यसैगरी उडान नेपाल युबाहरुको नेतृत्व तथा ब्यक्तित्व बिकाश नारा बोकेको संस्था हो […]

गायक महेन्द्र सेढाईको नयाँ गीत “ए कान्छी”को मेयर राणाद्वारा विमोचन

नेपालगन्ज,जेष्ठ ,२०- लोकप्रिय गायक महेन्द्र सेढाईको नयाँ गीत “ए कान्छी” को सोमबार नेपालगन्जमा एक कार्यक्रमकाबिच विमोचन गरिएको छ। करिव एक दशक बढी आफ्नो अमुल्य समय सांगीतिक क्षेत्रमा व्यतीत गरेका गायक सेढाईको नयाँ गीत “ए कान्छी” नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमशेर राणाद्वारा नेपालगन्जको स्वस्तिक कटेजमा गरिएको हो। गायक सेढाईको शब्द ,संगीत तथा सेढाईकै र पुर्णिमा […]