फुकुओका,जापान,२६-नेपाली फिल्म ‘कबड्डी ४’ जापानमा प्रदर्शन हुने भएको छ।फिल्म यहि “जुन ४ तारिख” शनिबारका दिन फुकुओकामा रहेको आकासाका हलमा लाग्ने भएको छ ।
फुकुओकामा रहेको नेपालीहरुको समुह “ढिला आयो कडा आयो” को आयोजनामा ‘कबड्डी ४’ फिल्म प्रदर्शन हुन लागेको हो ।लामो समयपश्चात फुकुओकामा रहेका नेपालीहरुले प्रवासमा हलमै गएर टिपिकल नेपाली कथाबस्तु रहेको नेपाली फिल्म “कबड्डी ४” हेर्न पाउने भएका छन् ।
उक्त फिल्मको लागी टिकट वितरणको कार्य भैईरहेको छ । ३ किसिममा निर्धारण गरिएको टिकटको मुल्य भिआईपी तर्फ १० हजार, बुकिंग गर्नेका लागी २५ सय र हल मै गएर टिकट काट्नेका लागी ३ हजार ऐन रहेको आयोजक टिमका तर्फबाट युकेश राना मगरले बिहानी अनलाईनलाई जानकारी दिनुभयो।
“उहाँका अनुसार” हिन्दी फिल्म समेत हेर्न रुचि लागेर बेला बेलामा हल सम्म पुग्ने गरेका नेपाली दर्शकहरुका लागी यस पटक टिपिकल नेपाली कथाबस्तुमा आधारित रहेको नेपाली फिल्म देखाउन लागेको बताउनुभयो।
साथै उहाँले यस फिल्म हेर्नको लागी फुकुओकामा बसोबास गर्ने सबै नेपालीलाई आव्हान गर्नु भएको छ । उक्त दिन फिल्म हेर्न नेपाली समुदायको व्यापक उपस्थिती रहनेमा आफुहरु ढुक्क रहेको बताउनुभयो ।फिल्म जापानका विभिन्न ठाँमा फरक फरक मितीमा प्रदर्शन हुदैछ ।
“कबड्डी ४” फिल्म नेपालमा जेठ १३ गते प्रदर्शन हुदैछ ।यो फिल्म नेपालमा वैशाख ३० गते प्रदर्शन गर्ने भनिए पनी आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन मितिसमेत भएकाले चलचित्रमा प्रभाव पर्ने देखिए पछि प्रदर्शन मिती सारिएको थियो।
“कबड्डी ४” चलचित्रमा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाल, पुष्कर गुरुङ, कविता आले, माओत्से गुरुङलगायत कलाकारहरूको अभिनय छ ।
चलचित्रलाई रामबाबु गुरुङ र उपेन्द्र सुब्बाले लेखेका हुन् । चलचित्रमा शैलेन्द्र डी. कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन, कालीप्रसाद बाँस्कोटा, एसडी योगी र अनुपम शर्माको संगीत छ ।
“कबड्डी” फिल्मको टेलर पनि हेर्नुहोस् !!