सेनाका जवानबीच विवाद हुँदा पोखरामा गोली चल्यो, एक जनाको मृत्यु

पोखरा, साउन ३१-

पोखराको रत्नमन्दिर ब्यारेकका एक सैनिकले गोली हानेर सहकर्मीको हत्या गरेका छन् ।

रत्नमन्दिर ब्यारेकमा कार्यरत बसन्त लोहारले सहकर्मी गणेश बिष्टलाई गोली हानेर हत्या गरेका हुन् ।

दार्चुलाका लोहारले बैतडी घर भएका बिष्टलाई सात राउण्ड गोली हानेकोमा चार वटा गोली लागेको प्रहरीले जनाएको छ ।

गोली लागेर गम्भीर घाइते भएका बिष्टको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

व्यक्तिगत रिसइबीका कारण लोहारले गोली चलाएको अनुमान गरिएको छ । घटनाबारे सेनाले छानबिन गरिरहेको बताइएको छ ।