अब सच्चा वामपन्थीको ध्रुवीरकरण हुन्छ : गजुरेल

म्याग्दी,असोज,२०-

नेकपा (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सिपी गजुरेलले मुलुकको राजनीतिमा अब सच्चा कम्युनिष्ट र वामपन्थीको ध्रुवीरकरण हुने बताउनु भएको छ ।

सदरमुकाम बेनीमा पत्रकारसँग कुरा गर्दै नेता गजुरेलले नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नयाँ शक्ति पार्टीबीचको चुनावी तालमेल र पार्टी एकीकरण गर्ने सहमति दक्षिणपन्थीको गठबन्धन भएको आरोप लगाउनुभयो ।

उहाँले तीन दलबीच हुने एकताले नेपालको कम्युनिष्ट आन्दोलनमा कुनै फरक नपर्ने जिकिर पनि गर्नुभयो ।