गायक प्रताप दासको “सम्झि मलाई”बोलको गित सार्वजनिक

प्रताप दास नेपाल आईडलबाट उत्कृष्ट तृतिय बन्न सफल हुनुहुन्छ

रोशन घर्ति
दाङ,असोज,२१-
नेपाल आईडलका उत्कृष्ट तृतिय बन्न सफल गायक प्रताप दासको “सम्झि मलाई” बोलको गितको अडियो सार्वजनिक भएको छ । प्रदेशी युवाकोहरुको मन छुने गितमा आवाज दिनुभएको छ ।

सानै उमेरबाट गायीकीमा खुबै रुची भएका प्रताप दास यस अघि नेपाली तारा सिजन ३ को उत्कृष्ट चार बन्न सफल हुनुहुन्छ । नेपाल आईडलबाट गायक प्रदाप दासको सफलता निकै चुलिएको छ ।

सबै खालेका गित गाउन सक्ने प्रताप यसअघि चलचित्र नाई नभन्नु ल ३ र प्रेमगित २ मा पाश्र्व गित गाउनु भएकोे छ ।

नाई नभन्नु ल ३ को अलिकति स्विट अलिकति हट अनि प्रेमगित २ को मोटरसाईकलमा बोलको गित बजार तताएको थियो ।

हिरन सुन्दासको शब्द,हरी लम्सालको संगित रहेको गितमा उदयराज पौडेलको एरेन्ज रहेको छ ।

प्रताप दासको स्वर रहेको गित अडियो सार्वजनिक हुदा देखी नै खुबै रुचाईएको छ ।
उक्त गित सुन्नका लागी लिङ्क क्लिक गर्नुहोला ।