विश्वकप उपाधिका लागी आज अर्जेन्टिना र फ्रान्स भिड्ने

हेड टु हेड फ्रान्स भन्दा अर्जेन्टिना बलियो

फाईल तस्विर !!

दोहा,कतार,पौष,३-फुटबलको महाकुम्भ आजबाट सकिदैछ्। कतारमा जारी फिफा विश्वकप फुटबलको फाइनल खेलमा आज (आइतबार) अर्जेन्टिना र फ्रान्स बिच हुनेछ । 

लुसिल स्टेडियममा हुने फाइनल खेल नेपाली समय अनुसार राति ८:४५ बजे सुरु हुनेछ ।

दुवै टिम विश्वकप उपाधि उचाल्ने योजनासहित मैदान उत्रनेछन्।अहिले सम्म अर्जेन्टिना र फ्रान्स दुबैले दुई/दुई पटक विश्वकप जितेका छन् ।

दक्षिण अमेरिकी देश अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा विश्वकप ट्रफी जितेको थियो।यस्तै युरोपियन देश फ्रान्सले भने सन् १९९८ र २०१८ मा विश्वकपको ट्रफी उचालेको थियो।आज जुन राष्ट्रले जितेपनि उसले तेस्रो पटक विश्ककपको उपाधी चुम्ने छ ।

हेड टु हेड 

अहिले सम्म अर्जेन्टिना र फ्रान्सबीच १२ खेल भएको छ । जसमा अर्जेन्टिनाले ६ खेल जितेको छ,भने फ्रान्सले ३ खेल जित्दा ३ खेल बराबरीमा सकिएको छ।तर लगातार दोस्रो पटक पनि विश्वकपको फाइनलमा पुगेको फ्रान्सलाई जित्न भने त्यती सजिलो अर्जेन्टिनालाई छैन्।

किनकि चार वर्ष पहिले २०१८ मा रुस विश्वकपको राउण्ड अफ १६ मा फ्रान्स र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भएको थियो।निकै प्रतिस्पर्धा भएको उक्त खेलमा फ्रान्सले अर्जेन्टिनालाई ४-३ गोल अन्तरले हराएको थियो ।

यसैविच: फाइनल पुग्नु अघि अर्जेन्टिनाले सेमिफाइनल खेलमा क्रोएसियालाई ३-० गोल अन्तरले हराउँदै फाईनल पुगि थियो,भने मोरक्कोलाई २-० ले हराउँदै फ्रान्स फाईनलमा पुगेको थियो ।

यस्तै अर्जेन्टिनालाई या भनौं मेस्सीलाई यसपाली विश्वकप जित्दै ईतिहास रच्नु छ। 

अर्को रोमाञ्कको पाटो भनेको “पिएसजी क्लवका” यी दुई विश्व चर्चित स्टार खेलाडी मेस्सी, र एमबाप्पे दुबैजना गोल्डेन बुटको प्रमुख दाबेदार भएकोले पनि फाईनल खेल निकै रोमाञ्चक बन्नेछ ।

यस्तै: शनिबार राति भएको खेलमा मोरक्कोलाई २-१ गोल अन्तरले हराउँदै साविक उपविजेता क्रोएसियाले कतार विश्वकपको तेस्रो स्थान हासिल गरेको छ।

अब सन् २०२६

अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्ने २०२६ विश्वकपको लागि सन् २०२३ देखि छनोट प्रतियोगिता शुरु हुनेछ।

यसका साथै २०२६ को विश्वकप खेल्नको लागि नेपालले २०२३ को सेप्टेम्बरमा छनोट खेल्ने पक्का भइसकेको छ।कुन कुन प्रतिद्वन्द्वीसँग खेल्ने हो भन्ने चाहिँ कतार विश्वकप सकिएपछि थाहा हुने जनाईएको छ।