कतार विश्वकप फुटबल : फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन

कतार विश्वकप फुटबल : फ्रान्सलाई हराउँदै अर्जेन्टिना च्याम्पियन
फाईल तस्विरमा : कतार विश्वकपको फुटबल :उपाधी उचाल्दै अर्जेन्टिना

काठमा,पौष,४-कतारमा जारी विश्वकप फुटबवको उपाधी अर्जेन्टिनाले जितेको छ।

अर्जेन्टिनाले ३६ वर्षपछि विश्वकप फुटबलको उपाधि  चुमेको हो। कतारस्थित लुसेल स्टेडियममा आइतवार राती भएको रोमाञ्चक खेलमा फ्रान्सलाई टाइब्रेकरमा ४-२ ले हराउँदै अर्जेन्टिनाले विश्वकप उपाधि चुमेको हो।

यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ को विश्वकप जितेको थियो।यो उसको तेश्रो उपाधि हो।फ्रान्स चाहिं लगातार दोस्रो पटक उपाधि जित्नबाट बन्चित भएको छ।फ्रान्सले यसअघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो। 

निर्धारित र अतिरिक्त समयको खेल ३-३ को बराबरीमा टुंगिएपछि खेल पेनाल्टीमा गएको थियो । टाइब्रेकरमा अर्जेन्टिनाका लागि लियोनल मेसी, पउलो डेबेला, लियोनार्पो पेरेडेस र गोन्जालो मोन्टेलले गोल गरेका थिए । 

फ्रान्सका लागि भने केयलिन एमबाप्पे र कोलो मुनीले मात्र गोल गरेका थिए।रोमाञ्चक खेलमा फ्रान्सले दुईपल्ट आफू पछाडि रहेको स्थितिलाई फकाएएको थियो।फ्रान्स लगातार दोस्रो पटक र तेस्रो पटक उपाधि जित्न बन्चित बनेको छ।फ्रान्सले यस अघि सन् १९९८ र २०१८ मा विश्वकप ट्रफी चुमेको थियो ।

मेस्सीलाई गोल्डेन बलयस्तै मेस्सीलाई गोल्डेन बल: अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतार विश्वकपमा गोल्डेन बल अवार्ड जितेका छन् ।कतार विश्वकपमा उत्कृष्ट खेलाडी बन्दै मेस्सीले गोल्डेन बल अवार्ड जितेका हुन्।अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मेस्सी नायक बनेका थिए।मेस्सीले कतार विश्वकपमा ७ खेलमा कुल ७ गोल गरेका थिए ।

एमबाप्पेलाई गोल्डेन बुटयसैविच एमबाप्पेलाई गोल्डेन बुट: फ्रान्सका फरवार्ड केलियन एमबाप्पेले कतार विश्वकपमा गोल्डेन बुट जितेका छन्।कतार विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै एमबाप्पेले गोल्डेन बुट अवार्ड जितेका हुन् ।

 
 

एमबाप्पेले कतार विश्वकपको ७ खेलमा ८ गोल गर्दै गोल्डेन बुट जितेका हुन्।उनले अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन् ।

मेस्सीले ७ खेलमा ७ गोल गरे ।एमबाप्पेले अर्जेन्टिनाविरुद्धको फाइनलमा ह्याट्रिक गरेका थिए ।

मार्टिनेजलाई गोल्डेन ग्लोभ्स  त्यसैगरी मार्टिनेजलाई गोल्डेन ग्लोभ्स:अर्जेन्टिनाका गोलकिपर इमिलियानो मार्टिनेजले कतार विश्वकपमा गोल्डेन ग्लोभ्स अवार्ड जितेका छन्।कतार विश्वकपमा उत्कृष्ट गोलकिपर बन्दै मार्टिनेजले गोल्डेन ग्लोभ्स अवार्ड जितेका हुन्!अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाउन मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए।मार्टिनेजले फाइनलमा फ्रान्सको पेनाल्टी रोकेका थिए!एजेन्सी