फुकुओका फुटसल च्याम्पियनसीप फेब्रअरीमा हुने

टोकीयो,जापान,पौष,४-जापानको फुकुओका प्रिफेक्चरमा फुकुओका फुटसल च्याम्पियनसीम हुने भएको छ । 

केआइसी इगल्स क्लवले आफ्नो छैठौं औं वार्षिक उत्सवको अवसरमा फुकुओका फुटसल च्याम्पीयनसीपको आयोजना गर्न लागेको हो।

उक्त फुटसल च्याम्पीयनसीप फेब्रअरी ४ तारीख (माघ२१) गते शनिवारका दिन हाकाता स्थित मात्सुशिमा,हिगाशी वार्डमा हुने क्लवका म्यानेजर रोजिन थापा मगरले जानकारी दिनुभयो।

उक्त प्रतियोगीतामा प्रथम हुनेले २ लाख ३४ हजार ५ सय ६७ जापानीज येन यस्तै दोस्रो हुनाले १ लाख २३ हजार ४ सय ५६ जापानीज येन सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने छन् । 

यसैविच सेमिफाइनलमा पुग्ने दुई टिमलाई पहिलो पटक ट्रफी र प्रमाणपत्र दिने व्यवस्था गरीएको क्लवका म्यानेजर रोजिन थापा मगरले बिहानी अनलाईलाई बताउनुभयो।

उहाँका अनुसार प्रतियोगितामा उत्कृष्ट गोलकर्ता र उच्च गोल स्कोरर गर्ने खेलाडीलाई पनि पुरस्कार रहेको जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागी हुने टिमले दर्ता शुल्क बापत ३२ हजार १ सय जापानिज येन जम्मा गर्नु पर्नेछ।उक्त रकम जेपि बैंकको खाता नम्बर १७४९०-२९४५७२९१ मा जम्मा गर्नु पर्नेछ।जनवरी २७ तारिख भित्र टिम दर्ता गराईसक्नु पर्नेछ।

फुकुओका फुटसल च्याम्पीयनसीप टुर्नामेण्टलाई घिसिङ होलसेल पसलले प्रायोजन गरेको छ।