आयुष सिहं ठकुरीको “सात समुन्द्र”बोलको गित विश्व बजारमा चर्चा

को हुन् आयुष सिहं ठकुरी ?

फाईल तस्विर : नवगायक आयुष सिंह ठकुरी !!

टोकियो,जापान,असार,२२-नेपाली गित संगितको बजारमा एउटा नयाँ गित अहिले निकै मन पराईएको छ।त्यो गित हो “सात समुन्द्र”यो गितको शब्द रचनाकार तथा गायक हुन् आयुष सिंह ठकुरी!! मुलत: नेपाली गित संगितको बजारमा आयुष सिंह ठकुरी विल्कुलै नयाँ नाम रहेको छ।

तर अहिले उनको यो गित नेपालमा मात्र नभएर विश्व बजारमा नै चर्चा बटुली रहेको छ,भन्दा तपाईलाई पत्यार लाग्दैन होला।किनकि उनको यो गित अहिले देश विदेशमा चर्चामा रहेको छ।उनको यो गितलाई धेरै जना विदेशीहरुले मन पराएर कतिले शेयर गरेका छन्,भने कति विदेश तिर निकै चर्चामा रहेका विदेशी भ्लगरहरुले उनको गितलाई भ्लग समेत बनाउन भ्याएका छन्।आयुष सिहं ठकुरीको आफ्नै यूटुब मार्फत सार्वजनीक यो गितको भ्यूअर ६.२ मिलेयन पुगिसकेको छ।

“म प्राय गरेर कमै मात्रमा गित संगित सुन्ने गर्छु,किनकि जापानको व्यस्त समयले गर्दा त्यती धेरै सुन्ने मेसो पनि मिल्दैन,एकदिनको कुरा हो म काममा एकदमै व्यस्त थिए,मैले काम गरिरहेको ठाँउमा एक जना अमेरिकन नागरिक आउनु भएको थियो।

उहाँ संग छोटो परिचय हुदैँ गर्दा “आई एम फरम नेपाल भन्दा”उहाँले आफ्नो पकेटमा रहेको मोबाईल निकाल्दै हस्किदै यूटुबमा देखाउदै भन्नु भयो,“आई लभ नेपाली सङ”त्यो गित थियो “सात समुन्द्र”म पछिल्लो समय सामाजीक संजालमा त्यती सक्रिय छैन,पछि मैले काम बिदा पछि त्यो गित यूटुबमा सर्च गरेर हेरे त्यो गित विल्कुलै नयाँ अनी नयाँ उदाउँदै गरेको गायक आयुषको रहेछ।गित छोटो रहेछ मैले पनि राम्रो संग दोहोर्याएर हेर अत्यन्तै मेरो पनि मन छोयो सायद यो गितले मन नछुने मान्छे विरलै होलान्।

मलाई त्यो बेला अमेरिकी नागरिकले भनेको कुरा अझै पनि याद छ,संगित भनेको यस्तो हो न यसले भाषा भन्छ न यसले भुगोल “लव ईज लव” भनेको कुरालाई मनन् गर्दै के रहेछ त भनी खोजी निती गर्न थाले,बुझ्दै जादा पछिल्लो समय सामाजीक संजाल टिकटक मार्फत नेपालमा एकदमै पपुलर रहेका रहेछन् आयुष सिहं ठकुरी !! 

उनि नेपालमा कसरी पपुलर बने त भन्ने सवालमा बुझ्दै जादाँ युनाईटेड अरब ईमिरेट्स दुबईमा बस्दै आएकी पाक्स्तिानकी अलिजेह जमाली विच एक आपसमा टिकटकमा फ्लर्ट गर्दा गर्दै लव परेको गाईगुई हल्ला चल्दै जादाँ दिनैपिच्छे चर्चामा आउने रहेछन् र त्यसरी पपुलर बन्दै गएका रहेछ्न।तर उनिहरुको माया प्रेम साँचो हो या टिकटकमा देखावटी मात्र अभिनय भन्ने आम दर्शकलाई निकै चासोको विषय बन्दै गईरहेको बाबँजुद आयुषलाई भेट्नकै लागि जमाली दुबईबाट नेपाल आएपछि झनै चर्चामा आएका रहेछन्।

जमालीलाई त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा स्वागत गर्न फूलगुच्छा लिएर आयुष पनि निकै तामझामका साथ ३ जना बडीगार्ड सहित दलबल लिएर पुगेका रहेछन्,त्यसैले गर्दा झनै आम दर्शकको चासोको विषय बनेको रहेछ।

यति सम्मकि जमाली नेपाल आएपश्चात् एउटै फ्रेममा टिकटकमा लाइभ आउदा उक्त लाईभ हेर्न या भनौ उनीहरूले सँगै बसेर प्रेम गरेको हेर्न कल्पनै गर्न नसक्ने दर्शकहरू ओइरिएका रहेछन्। एकपटकमा सवा दुईलाख सम्मले लाइभमा बसेर उनीहरूको प्रेम हेरेका थिए।एकै रातमा गिफ्टको त बाढी नै आएको रहेछ।

त्यसपछि दुवै जनाको टिकटक आईडी चेक गरि हेर्दा युनाईटेड अरब ईमिरेट्स दुबईमा बस्दै आएकी पाक्स्तिानकी अलिजेह जमालीको टिकटकमा उनका १५ लाखभन्दा बढी फलोअर रहेछन्।भने नेपालका पपुलर टिकटकर आयुष सिहं ठकुरीको करिब ८ लाख फलोअर्स भएको रहेछ।मैले जमालीको टिकटकमा प्राय सबै भिडीयो हेरे तर उनले अनुहार देखाएको भिडिओ भेट्न दुर्लभ नै छ।नेपालमा बुर्का भनिने इस्लाम धर्मावलम्बीको धार्मिक वस्त्र,महिलाले लगाउने कपडामा मात्रै देख्न सकिन्छ।यसले गर्दा पनि आयुषका आम नेपाली फ्यानहरुलाई उनको अनुहार हेर्न निकै हुतहुती जागेकोले पनि हरेक दिन आयुषलाई आफ्ना फलोअर्सले पछ्याईरहेको पाईन्छ।

यहि चर्चाको दौरानमा आयुष सिंह ठकुरीले आफ्ना फ्यानस अर्थात नेपाली दर्शकसामु आफ्नो शब्द संकलनमा सांगितीक स्वरुप “सात समुन्द्र”बोलको गित कोशेली स्वरुप पस्किएका रहेछन्।उनले सार्वजनिक गरेको “सात समुन्द्र”बोलको गितमा पुरै माया पिरतीमा डुबुल्कि परिसकेको तिमी धेरै ताढा छौं,तिम्रै हात समाई हिड्न पाऊ,आकाश गर्जदा तिम्रै लागी मेरो मुटु धडकन्छ,जस्ता शब्दले आम नेपाली दर्शकको मन छोएको छ र त आज यो गित विश्व बजारसामु पुगेको छ। 

को हुन् आयुष सिहं ठकुरी ।।

सुन्दर सुदुरपश्चिमको कञ्चनपुर जिल्लामा जन्मिएका आयुष सिंह ठकुरी हाल काठमाडौंमा बस्दै आएका छन्।उनि अहिले मात्र १९ वर्ष भएका छन् र उनको पढाईको बारेमा कुरा गर्नु पर्दा उनी अहिले स्नातक तहको अध्ययन गरिरहेका छन् ।

हामीले यो समाचार तयार पार्न आयुषलाई नै सम्पर्क गर्न खोजेका थियौ।तर सम्पर्क हुन नसकेपछि विभिन्न सामाजीक सञ्जाल मार्फत जानकारी बुझ्दै यो छोटो समाचार तयार पारेका हौं।यदि कुनै कारण भुलचुक तलमाथी पर्न गएको खण्डमा सच्याईने छ।धन्यवाद!!

आयुष सिंह ठकुरीको गित भिडीयो हेर्न तल दिएको लिंक क्लिक गर्नुहोला ।