अजोड इन्स्योरेन्सको शाखा नेपालगन्जमा बिस्तार

नेपालगन्ज,बैशाख,१२-


अजोड इन्स्योरेन्स लिमिटेडको शाखा नेपालगन्जमा बिस्तार भएको छ।

उद्घाटन कार्यक्रमका प्रमुख अतिथी रहेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा.धवल शमशेर राणाले बिहिबार रिबन काटेर उद्घाटन गरेका थिए।

‘शान्तिको धुन सङ्गै सुरक्षाको सुरुवात, अजोड इन्स्योरेन्स सङ्ग हरेक कदमको सहयात्री’ भन्ने मुख्य उद्देश्यका साथ उद्घाटन गरिएको उक्त कार्यक्रममा सभापतित्वको भुमिका अजोड इन्स्योरेन्स नेपालगन्ज शाखाका सन्चालक सागर गुरुङ्गले गरेका थिए।

बिशेष अतिथीको रुपमा उद्योग वाणिज्य संघ नेपालगन्जका अध्यक्ष नन्दलाल वैश्य र महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका प्रमुख गणेश रेग्मी रहेका थिए। त्यस्तै अतिथिमा अजोड इन्स्योरेन्स नेपालगन्ज शाखाका सम्पुर्ण कर्मचारी लगायत पत्रकारहरू रहेका थिए।

 

उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर राणाले भने,”अजोडलाई नेपालगन्जमा स्वागत छ। इन्स्योरेन्सको क्षेत्रमा धेरै राम्रो सेवा सुविधा दिन सफल रहोस शुभकामना छ।”

अजोड इन्स्योरेन्स लिमिटेडका संचालक सागर गुरुङ्गले पनि मन्तव्य राखेका थिए। मन्तव्यका क्रममा नेपाली निर्जीवन बीमा सम्बन्धी सेवा सुविधा दिने उद्देश्यका साथ नेपाली बजारमा बढ्दो रुपमा रहेको बीमाको अत्यावश्यक आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यले नेपालगन्जमा पनि शाखा बिस्तार गरेको बताए ।

कार्यक्रममा बोल्दै नेपालगन्ज उधोग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले भने,”अहिलेको समयमा निर्जिवन बिमाको एकदम जरुरी छ। नेपालगन्जमा अजोड इन्स्योरेन्स स्थापना भएकोमा धेरै खुसी लाग्यो।”अजोडलाई उद्योग वाणिज्य संघको सधै साथ रहने पनि उनले प्रतिबद्धता व्यक्त गरेका थिए।

अजोडका सहायक महाप्रबन्धक निर्मल कुमार अर्यालले पनि कम्पनिका बारेमा जानकारी दिँदै आफ्नो कम्पनिले निरन्तर सेवा दिइरहने बताए। करिव आधा घण्टा सम्म संचालित उक्त उद्घाटन कार्यक्रमको सन्चालन योगेन्द्र कार्कीले गरेका थिए