आइ एम इ गर भन्दै दुईवटी केटिको पैसा खाएर गायक गोपाल नेपाल जिएम भागे पछि

नेपालगन्ज,बैशाख,१४-


चर्चित लोक तथा दोहोरी गायक गोपाल नेपाल जिएमले दुईवटी केटिले आइ एम इ गरेको पैसा खाएर भागेका छन।

तर बास्तबिक रुपमा नभई भर्खरै मात्र बजारमा आएको बिल्कुलै मौलिक नयाँ गीत “आइ एम इ २ ” को म्युजिक भिडियोमा गायक जिएमलाई पैसा खाएर भागेको देख्न सकिन्छ।

शुक्रबार गायक गोपाल नेपाल जिएम नामक युटुब च्यानलबाट उक्त नयाँ गीत सार्बजनिक भएको हो। गायक जिएम र गायिका झुमा डाँगीको सुमधुर स्वर रहेको गीतमा लय शब्द गायक स्वयमकै रहेको छ।

पछिल्लो समयमा युवा युवतीको बिचको माया प्रेममा हुने विकृतिको विषयलाई उठान गरेको गीतको म्युजिक भिडियोमा गायक जिएम, अभिनेत्री अनु शाह र अञ्जली चन्द ठकुरीको दमदार नृत्य देख्न सकिन्छ।

मौशम हिमालीको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोलाई करन चैसिरले खिचेका हुन भने प्रबिन भट्टले सम्पादन गरेका हुन।

( गीतको सम्पुर्ण युनिटलाई बिहानी अनलाईनको तर्फबाट सफलताको कामना व्यक्त गर्दछौँ)