नेपालको कृषि विकासमा लगानी गर्दै विश्व बैंक

९ अर्ब ४४ करोड ऋण स्वीकृत

फाईल तस्विर !!

काठमाडौं,कार्तिक,१६-नेपाल सरकारले तयार गरेको कृषि विकास रणनीतिमा सघाउने उद्देश्यले विश्व बैंकले नेपालको कृषि क्षेत्रमा लगानी गर्ने भएको छ । नेपालको कृषि क्षेत्रको विकास र अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव न्यूनीकरणका लागि विश्व बैंकको बोर्ड बैठकले ९ अर्ब ४४ करोड रुपैयाँ बराबरको ‘ग्रामीण उद्यम तथा आर्थिक विकास परियोजना’ स्वीकृत गरेको छ ।

यो परियोजनाले स्थानीय तहमा रोजगारी सृजना हुने र कोभिड–१९ ले पारेको आर्थिक असर न्यूनीकरणमा समेत सहयोग पुर्याउने विश्वास लिइएको छ । कृषिका माध्यमबाट महिला उद्यमशीलताको विकासमा यो परियोजना केन्द्रित गरिनेछ ।

नेपालका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद जार्भाेसले ऋण स्वीकृतिबारे जानकारी दिँदै यो परियोजनाको कार्यान्वयन सरकार र निजीक्षेत्रको सहकार्यमा हुने बताएका छन् । यसबाट कृषिमा नेपालको आप्mनै ‘ब्राण्ड’ स्थापित भई अन्तरराष्ट्रिय रूपमा परिचित हुने विश्वास उनले व्यक्त गरेका छन् । साथै चिया, कफी, फलपूmल तथा जडीबुटीको बजारीकरण तथा कोभिड–१९ को असर न्यूनीकरणमा सघाउ पुग्ने उनको भनाइ छ ।

मुख्यगरी प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सञ्चालन हुने सो परियोजना मुख्यतः ग्रामीण अर्थतन्त्रको विविधीकरण र यसको बजार विस्तारमा समेत महŒवपूर्ण हुने विश्व बैंकको अपेक्षा छ ।

अर्थ मन्त्रालयका अनुसार विश्व बैंकबाट ऋण स्वीकृत भएसँगै अब ऋण कार्यान्वयनका लागि सम्झौता हुनेछ । यसका लागि परियोजना कार्यान्वयन सम्बन्धी कार्यविधि बनाएर विश्व बैंकलाई पठाउने तयारी भइरहेको छ ।

‘ऋण स्वीकृत भएपछि के कसरी परियोजना कार्यान्वयन गर्ने भन्ने ढाँचा बनाएर विश्व बैंकलाई पठाइनेछ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने । विश्व बैंकले परियोजना कार्यान्वयन ढाँचा स्वीकृत गरेपछि मन्त्रिपरिषद्बाट ऋण स्वीकार गर्ने निर्णय हुनेछ । यससँगै कार्यान्वयनको प्रक्रिया थालनी हुनेछ ।

हाल नेपालमा विश्व बैंकको सहयोगमा २४ ओटा परियोजना सञ्चालित छन्, जसका लागि ३ अर्ब डलरको सहयोग रहेको विश्व बैंकले बताएको छ ।आर्थीक अभियानबाट