नेपालमा कोरोनाका कारण एकैदिन २४ जनाको मृत्यु,२,९३३ जना संक्रमीत थपिए

फाईल तस्विरमा : धनगढीको दृष्य !!

काठमाडौं,कात्तिक,१७-नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार ९३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ४४६ जनामा गरिएको ‘पीसीआर’ परीक्षणमा दुई हजार ९३३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जनाएको छ ।

काठमाडौं उपत्यकामा मात्रै एक हजार ६३० जना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना सक्रमितको सख्ंया एक लाख ७६ हजार ५०० पुगेको मन्त्रालयले जनाएको छ ।

थप २४ जनाको मृत्यु
मन्त्रालयकाअनुसार पछिल्लो २४ घन्टामा २४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।

थप ३,१५० ‘डिस्चार्ज’
पछिल्लो २४ घन्टामा देशभरबाट तीन हजार १५० जना कोरोनामुक्त भएर ‘डिस्चार्ज’ भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या एक लाख ३७ हजार ९९२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको मन्त्रालयले जनाएको छ ।