नेपालमा थप २ जनामा कोरोना संक्रमण, संक्रमीतको संख्या ५९ पुग्यो,

नयाँ संक्रमित रुपन्देही र बाँकेका

काठमाडौं,बैशाख,१७-नेपालमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । रुपन्देही र बाँकेमा कोरोना भाइरसका संक्रमित भेटिएका हुन् ।

योसँगै कोरोना संक्रमितको संख्या ५९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले दुबै व्यक्तिको अवस्था सामान्य रहेको जनाएको छ । संक्रमित व्यक्ति मध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।