सहिद दिवसको अवसरमा नेपालगन्ज टेक्निकल स्कुलद्वारा हाजिरी जवाफ सम्पन्न

नेपालगंज,माघ,१६-

शहिद दिवसको अवसरमा नेपालगन्ज टेक्निकल स्कुलद्वारा हाजिरी जवाफ सम्पन्न भएको छ।सहिदहरु प्रती मौनधारण र श्रद्धाञ्जली अर्पण गर्दै कार्यक्रम सुरु गरिएको थियो। प्राबिधिक स्कुलहरुमा प्रतिष्ठित स्कुल मानिएको बाँकेको नेपालगन्जमा रहेको नेपालगन्ज टेक्निकल स्कुलले बुधवार शहिदहरुलाई श्रद्धा प्रकट गर्दै बिद्यार्थीहरु माझ हाजिरी जवाफ प्रतियोगिता गराएको छ।

नेपालगन्ज टेक्निकल स्कुलका प्राचार्य इन्जिनियर दामोदर ढ्कालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रखुख अतिथी नेपालगन्ज टेक्निकल कलेजका प्राचार्य इन्जिनियर दिपक बिसि, अतिथिहरु मधुकरमणी आचार्य , पवन केराती, निरन्जन राना, चित्रराम वलि, गौतम कु श्रेष्ठ , आशिष् चटौत, चित्रराम वलि, भानुभक्त जोसी, उपेन्द्र चौधरी, विनोद लामिछाने, गीता केसी , अलका खड्का , अशोक खत्री ,भानु कु।पुन सचिन थापा, निरु केसी साथै विभिन्न सन्चार माध्यमका पत्रकारहरु , कलेजका शिक्षक शिक्षिकाहरु रहेका थिए।

उक्त कार्यक्रम सन्चालन खिमानन्द जोसीले गरेका थिए। पवन केराती र निरन्जन राना प्रस्तुतकर्ता रहेको हाजिरी जवाफ कार्यक्रममा प्रथम धौलागिरी समूह, द्वितीय माछापुच्छ्रे समूह र तृतीय कन्चनजंघा समूह भएका थिए।कार्यक्रममा प्रथम,द्वितीय र तृतीय हुने समुहलाई आकर्षक पुरस्कार समेत बितरण गरिएको थियो।उक्त कार्यक्रममा उल्लेखिय मात्रामा बिद्यार्थी तथा शिक्षक शिक्षिकाको सहभागिता रहेको थियो।