सम्झना लामिछानेको बिल्कुलै नयाँ नचाउँने गीत ” मन्जुरी ” सार्वजनिक

नेपालगन्ज,फाल्गुन,३-
बहुचर्चित लोकतथा दोहोरी गायिका सम्झना लामिछाने मगरको नयाँ गीत “मन्जरी” साङ्गितिक बजारमा आएको छ।

लामो समय देखि नेपालि साङ्गितिक क्षेत्रमा आफ्नो अमुल्य योगदान दिएकी गायिका मगरले पहिलो पटक यस्तो फरक गीत बजारमा ल्याएकी हुन।

चर्चित गायक तथा सर्जक राजनराज शिवकोटिको उत्कृष्ट शब्द सङीत रहेको उक्त गीतमा स्वर गायिका स्वयम् मगरको नै रहेको छ।
प्रकाश भट्टको निर्देशन, राजेस घिमिरेको छायांकन अनि विष्णु शर्माको सम्पादन रहेको उक्त गीतको भिडियोमा नरेशविर सिङ र सम्झना लामिछाने मगरको उत्कृष्ट नृत्य रहेको छ।
सम्झना डिजिटलले बजार व्यवस्थापन गरेको उक्त गीतको भिडियो गायिका मगरले आफ्नै युटुव च्यानलबाट प्रेम दिवसको दिनमा सार्वजनिक गरेकी हुन।
( गीतको सम्पुर्ण यूनिटलाई बिहानी अनलाईन डटकमको तर्फबाट सफलताको कामना गर्दछौँ)