रेशम चौधरी लगायत एघार जनालाई जन्मकैदको फैसला

कैलाली,फाल्गुन,१२-

जिल्ला अदालत कैलालीले टिकापुर हत्याकाण्डमा सांसद रेशमलाल चौधरीलाई दोषी ठहर गरेको छ ।जिल्ला अदालत कैलालीले सांसद चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला गरेको हो ।

त्यसैगरी १२ जनालाई तीन बर्ष कैदको सजाय सुनाएको छ भने तीन जना निर्दोष ठहर गरेको छ ।जसमध्ये लक्ष्मण थारु तीन बर्ष जेल बसिसकेकाले आजै रिहा हुने भएका छन् ।  लक्ष्मणसहित २३ जना जिल्ला कारागार कैलालीमा छन् ।

घटनाका मुख्य अभियुक्त भनिएका सांसद चौधरी हाल राजधानीको डिल्लीबजार कारागारमा थुनामा छन् । जिल्ला न्यायाधीश परशुराम भट्टराईको इजलासले यस्तो फैसला गरेको हो ।

रेशमसँगै जन्मैकदको फैसला सुनाइएकाहरुको नामावली
रेशमलाल चौधरी
हरिनारायण चौधरी
राजकुमार कठरिया
सुन्दरलाल कठरिया
बृजमोहन कठरिया
राजेश चौधरी
विरबहादुर चौधरी
प्रदीप चौधरी
सिराताम चौधरी
गंगाराम चौधरी
श्रवण चौधरी