३५ लाख ४४ हजार नगद रुपैयाँ सहित भारतीय नागरिक नेपालगन्जमा पक्राउ

नेपालगन्ज,फाल्गुन,२२-
भारतबाट जमुनाह नाका हुँदै नेपालगन्ज तर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटमा सवार एकजनाको साथबाट नगद रु ३५ लाख ४४ हजार सहित बांके प्रहरिले बुधबार पक्राउ गरेको छ।

युपि ३२ जे टि ८२४४ नम्वरको भारतिय नम्वर प्लेटको मोटरसाइकलमा नेपालगन्ज तर्फ सवार नाम नखुलेका एक जना भारतिय नागरीकलाई ३५ लाख ४४ हजार नेपाली रुपैयासहित प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेको व्युरो प्रमुख वम रावलको नेतृत्वमा गएको प्रहरीको टोलीले शरीरमा लुकाएर ज्याकेटले छोपेको अवस्थामा ३५ लाख ४४ हजार नगद रुपैयासहित नेपालगन्जको पासाङल्हामु मार्गबाट आज साँझ ५ वजेतिर पक्राउ गरेको हो ।

जमुनाह नाकामा चेकजाँचका क्रममा शंका लागेपछि उनलाई पछ्याउदै आएको प्रहरीको टोलीले नगदसहित पक्राउ गर्न सफल भएको हो ।
पक्राउ गरि नियन्त्रणमा    लिएको        नगद रुपैया जिल्ला प्रहरी कार्यालयमा लगिएको र आवश्यक थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ।