काठमाडौं,असोज,२७-यस वर्षको विजयादशीमामा टीका लगाउने साइत १० बजेर २ मिनेटमा रहेको छ ।
नेपाल पञ्चांग निर्णायक समितिका अनुसार यो वर्ष बडादशैंको टीकाको उत्तम साइत असोज २९ गते शुक्रवार बिहान १० बजेर २ मिनेटमा रहेको छ ।समितिका अनुसार पूर्वफर्किएर मान्यजनको हातबाट टीका लगाउनु पर्दछ ।
समितिले टीका लगाएर मान्यजनका हातको टीका लगाउन अन्यत्र जानेहरुका लागि टीको साइत कुरिरहन नपर्ने बताएको छ ।
समितिका अनुसार त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गाभवानीको प्रसाद लगाउन सकिन्छ । बिहीवार महानवमी पर्व रहेको छ ।विजयादशमीका दिन बिहान ८ बजेर १९ मिनेटमा घटस्थापना तथा देवीलाई विसर्जन गरिने साइत छ ।