माघीको अवसरमा मारवाडी युवा मञ्चद्धारा रक्तदान

बाँके,माघ,२-

माघीको अवसरमा मारवाडी युवा मञ्च नेपालगञ्जले रक्तदान कार्यक्रम गरेको छ । मंगलबार माघीकै दिन आयोजना गरिएको कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् । मञ्चका सदस्य सुनिल कुमार सिंघलका अनुसार हिन्दु तथा मुस्लिम दुबै समुदायका व्यक्तिले रक्तदान गरेका छन् ।

कार्यक्रममा मारवाडी समुदायका महिलाहरुले समेत रक्तदान गरेका छन् । डा. पियुस कनोडियाको संयोजकत्वमा गरिएको कार्यक्रममा पाँच जना महिलासहित डा. दिपेश गुप्ताले रक्तदान गरेका हुन । भेरी अञ्चल अस्पताल नेपालगञ्ज परिसरमा रहेको क्षेत्रिय रक्तसंचार सेवा केन्द्रमा आयोजना गरिएको कार्यक्रममा सहभागिलाई सम्मान स्वरुप प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

संचार केन्द्रका प्रमुख उपेन्द्र रेग्मी नेतृत्वको प्राविधिक टोलीले रक्तदानमा सहयोग गर्दै कार्यक्रम सफल बनाएको छ । समारवाडी युवा मञ्चले नियमिति रुपमा रक्तादान कार्यक्रम आयोजना गर्दै आएको छ । रगतको अभावमा बिरामीलाई समस्या खेप्न नपरोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गर्दै आएको मञ्चले जनाएको छ ।