कम्युटर एसोसिएसन महासंघ नेपाल प्रदेश नं ५ द्वारा प्रत्रकार सम्मेलन

के-पी-घिमिरे/
नेपालगंज,असार,२३-
कम्युटर एसोसिएसन महासंघ नेपाल प्रदेश नं ५ र बाँके क्यानको समन्वयनमा क्यान नेसनल अाईसिटी स्कलरसिप २०७५ को अाज बाँकेमा पत्रकार सम्मेलन गरेको छ । काठमाडौं स्थित लर्ड बुद्ध एजुकेशनल फाउन्डेसन क्याम्पसको अार्थिक सहयोगमा क्यानले उक्त स्कलरसिप कार्यक्रमको अायोजना गरेको हो ।

प्रदेश नं ५ क्यान महासंघका अध्यक्ष धुब्रराज शर्माको सभापतित्व, प्रमुख अतिथि क्यान फेडेरशन अफ नेपालका केन्द्रीय उपाध्यक्ष नवराज कुवर, विशिष्ट अतिथिमा लर्ड बुद्ध एजुकेशनल फाउन्डेसनका अध्यक्ष पंकज जलान, अतिथिमा पत्रकार महासंघ प्रदेश नं ५ का महासचिव भेषराज बस्नेत , धम्वोझी मा-वि-कि प्रचार्य किरण अाचार्य, पत्रकार महासंघ बाँकेका निवर्तमान अध्यक्ष रुद्र सुवेदी , क्यान बाँकेका अध्यक्ष भोजराज तिमिल्सिना , लगायतका व्यक्तिहरु अतिथि रहनु भएको थियो ।

क्यान नेसनल अाईसिटी स्कलरसिप २०७५ देशका ७ वटै प्रदेशबाट ७ जनाका दरले ४९ जनाले यो सुविधा लिन पाउने छन् । यस स्कलरसिप बजेटमा १ करोड ८३ लाख ३६ हजार ५ सय रुपैयाँ बिनियोजन गरिएको क्यानका प्रदेश नं ५ का अध्यक्ष धुब्रराज शर्माले बताउनु भयो ।

(क्यानले निकालेको विज्ञप्ति हेर्नुहोस् )