गैर-आवासीय नेपाली संघ जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी

फाईल तस्विरमा : नवनिर्वाचित शिवप्रसाद पौडेल !!

जापान,साउन,१५-गैर-आवासीय नेपाली संघ (एनआरएनए) जापानको अध्यक्षमा शिवप्रसाद पौडेल विजयी हुनु भएको छ।

आज शुक्रबार सम्पन्न भएको गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको १० औं राष्ट्रिय महाधिवेशनबाट पौडेल निर्वाचित हुनु भएको हो ।

पौडेलले ३ हजार ३८ भोट पाउनु भएको थियो ।अध्यक्ष पदमा पौडेल संगै अनिता गुरूङ, नरेन्द्र बस्नेत दिनेश, सरोजकुमार खत्री र किरण बर्माले प्रतिस्पर्धामा गर्नु भएको थियो ।

त्यस्तै : बरिष्ठ उपाध्यक्षमा नविन निउरे विजय हुनुभएको छ,भने उपाध्यक्षमा राम कृष्ण श्रेष्ठ, महेश कुमार कटवाल,राम थापा (अनिल), राज कुमार अधिकारी विजय भएका छन् ।

त्यसैगरी : महिला उपाध्यक्षमा संगीता अधिकारी सुबेदी विजयी हुनु भएको छ,भने महासचिवमा सिद्धार्थ श्रेष्ठ निर्वाचित हुनु भएको छ,भने सचिवमा श्याम शीतल श्रेष्ठ र देवराज उप्रेती विजयी हुनु भएको छ ।

यसैगरी : कोषाध्यक्षमा कृष्ण गैरे शर्मा विजयी हुनु भएको छ,भने युवा संयोजकमा राकेश लामा निर्वाचित हुनु भएको छ । 

यस्तै : सदस्यहरूमा प्रकाश लामिछाने, राजु भण्डारी (सुनिल), भीमसेन राय (भीम रायमझी), दिलीप कडेल, मोहन सिंह मडै, चन्द्र कुमारी के.सी.र लक्ष्मी के.सी. महर्जन विजयी भएका छन् । 

यता: अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्यहरूमा लक्ष्मण बानिया, सुपेन्द्र घिसिङ्,दिपक कार्की,नर बहादुर थापा, श्रवण कुमार सत्याल, रोविन प्रसाद शेरचन विजयी भएका छन् ।

नयाँ कार्यसमिति २०२१-२३ का लागि सम्पन्न निर्वाचनमा कुल २९ पदका लागि ५९ जनाले उम्मेदवारी दिएका थिए ।जम्मा मतदाता संख्या ९ हजार ३ सय ९४ जना मध्य ७ हजार ५ सय ७१ जनाले अनलाईन मार्मफत मतदान गरेका थिए ।