प्रतिनिधिसभाको बैठक आज बस्दै

काठमाडौं,साउन,१५-प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ ।

संसद सचिवालयकाअनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको वार्षिक प्रतिवेदन पेश गर्ने एउटा मात्रै सम्भावित कार्यसूची रहेको छ।

दोस्रो पटक विघटनपछि सर्वोच्चले पुनःस्थापना गरिदिएको संसदको यो चौथो बैठक हो।